लौकही । कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीलाई कोशी गाउँपालीकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी काम विशेषले जिल्ला बाहिर जानुपर्ने भएकोले उनलाई मंगलबारबाट गाउँपालीकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष अन्सारी काम विशेषले बाहिर जानुपर्ने भएको र उपाध्यक्ष अनिता यादव पनि काम विशेषले बाहिर भएको हुँदा फाल्गुन ८ गते मंगलबारदेखि मन्सुरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको कोशी गाउँपालीकाको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति समेत रहेका मन्सुरी लगातार दोस्रोपटक वडा अध्यक्ष पदमा निर्वाचित भएका व्यक्ति हुन । नेपाली कांग्रेस पार्टीको वडा स्तरीय राजनीतिबाट उदाएका उनको राजनीतिक यात्रा निकै संघर्षपूर्ण रहेको बताइन्छ । आफूलाई विश्वास गरेर कोशी गाउँपालीका अध्यक्षज्युले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकोमा धन्यवाद दिदै मन्सुरीले प्रचलित ऐनअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








