मुस्ताक आलम
लौकही । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका स्थित रहेको इलाका प्रहरी कार्यालय प्रहरी नायब निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन्। इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत राजेन्द्र चौहानले उत्कृष्ट कार्य सम्पादनको मुल्यांकन गर्दै भन्दै कोशी प्रदेश कार्यालयले उनलाई सम्मान गरेको हो । इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसंगको साझेदारी कार्यक्रममा भगवतीको मन्दिर निर्माण गर्न सफल भएको भन्दै कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङले उनलाई सम्मान गरेका हुन् ।
प्रहरीको श्रम तथा दाताहरुको सहयोगमा निर्माण भएको भगवती मन्दिरको उद्घाटन गर्दै डीआईजी खापुङले प्रहरी नायव निरीक्षक चौहानलाई सम्मान गरेका हुन् । नेपाल प्रहरी समुदायका हरेक नागरिकसंग हातेमालो गर्दै समाजमा सकारात्मक काममा अघि बढ्ने भएकाले मन्दिर निर्माणमा स्थानीयले गरेको सहयोगको डीआईजी खापुङले प्रशंसा गरेका थिए ।अपराध नियन्त्रण गर्दै सामाजमा सकारात्मक काम गर्ने प्रहरीको मनोबल उच्च राख्न पनि यस्ता सम्मान आवश्यक भएको भन्दै उनले चार महिनामा नै सबैसंगको सहकार्यमा मन्दिर निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।







