सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीद्धारा “बाहिनीपति कप प्रतियोगिता २०८०” को आयोजना गरेको छ। संगठनको पेशागत गतिविधी चक्र (Professional Activities Cycle-PAC) अन्तर्गत बाहिनीपति कप प्रतियोगिता फागुन २२ गते देखि फागुन २३ गते सम्म संचालन हुने सशस्त्र प्रहरीले जनाएको छ् ।

प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरु समावेश गरिएका छन् । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, टेबल टेनिसतर्फ र ब्याडमिन्टन तर्फ ८ टिम र एथ्लेटिक्सतर्फ १६ जना (महिला र पुरुष) सहभागी गराई प्रतिस्पर्धा गराईने सो प्रतियोगिताको वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गरे ।

फौजको व्यवसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, युनिटप्रतिको वफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यवसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले पेशागत गतिविधी चक्र अन्तर्गत संचालित प्रतियोगितामा वाहिनी मातहतका गण र गुल्महरुबाट विभिन्न ५ विधाका खेलहरुमा १२० जना भन्दा बढि खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धाले गर्नेछन् ।

पहिलो दिने उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हे. क्वा. ईलाम र सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे. क्वा. त्रियुगा उदयपुरको फुटबल टिम बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नं. ५ गण हे. क्वा. त्रियुगा उदयपुर टाब्रेकरमा ७-६ ले हराउँदै विजयी भएको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका वाहिनी प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







