इनरुवा । सुनसरीको दक्षिणी क्षेत्र बर्जु गाउँपालिका वडा नम्बर ४ मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी )स्थापना गरिएको छ । कोरोना महामारीको समयमा हर्बोनीमा स्थापना भएको फरवार्ड वेशलाई नै व्यवस्थित गर्दै सशस्त्र प्रहरी बलले बिओपीको रुपमा बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

बर्जु गाउँपालिका ४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गरे । बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग,सुनसरी प्रहरी प्रमुख बिपिन रेग्मी लगायतको उपस्थितिमा हर्बोनी बिओपीको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बलले बिराटनगरका रोमी शर्मा जैनले उपलब्ध गराएको ४ कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको २ कट्ठा गरी ६ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रण सँगै सीमा अपराध नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको बराह बाहिनीका बाहिनीपति पोखरेल बताउँछन् ।

संगठनका नीति अनुसार पहाडी भेगको जनशक्ति कटौती गरी सीमा क्षेत्रमा परिचालन गरिदै आएको उनको भनाइ छ् । उद्घाटन भई कार्य सञ्चालनमा आएको सो बिओपीले ३ दशमलव ९ कि.मि क्षेत्र भित्रको ५१ वटा सीमा स्तम्भको रेखदेख, सुरक्षा र सीमा अपराध नियन्त्रण जस्ता कार्य गर्ने सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी समेनन्द बज्राचार्यले जानकारी दिए । कार्यक्रममा जग्गादाता सहितकालाई सम्मान समेत गरिएको थियो । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी संख्या ९ पुगेको छ । नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार जिल्लामा ६ वटा वेश, २ वटा प्रस्तावित गुल्म र ९ बिओपी रहेका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








