भण्टाबारी । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको श्री सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीको नयाँ भवनको शिलान्यास गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीको आठ कोठे बिद्यालय भवनको शिलान्यास गरेका हुन ।

श्री सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको सोही कार्यक्रमलाई सम्बोधन गर्दै शिलान्यास कार्यक्रमका प्रमुख अतिथि ऐयुब अन्सारीले नजिकै बिद्यालय भएपनि अन्यत्र गएर अध्यन गर्ने भण्टाबारीका विद्यार्थीहरुको समस्या समाधान गर्ने आफ्नो लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।

विगतमा आधारभूत तहसम्मको पढाई मात्रै हुँदा यहाँका विद्यार्थीहरु अध्यन गर्न हरिपुर,लौकही,इनरुवा जस्ता क्षेत्रमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अहिले भण्टाबारीमै कक्षा ९ सम्मको पढाई थालिएको उनको भनाइ छ ।

शिक्षा क्षेत्रको विकास गर्न सकेको अवस्थामा अन्य क्षेत्रको विकास गर्न सहज हुने भएको हुँदा आफू निरन्तर सामुदायिक बिद्यालयमा शिक्षा सुधार गर्न अभियान नै चलाएको अध्यक्ष अन्सारी बताउँछन् । यसैबीच कोशी क्षेत्र अन्तर्गत श्री सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीलाई विभिन्न माध्यमबाट सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सप्तकोशी माध्यमिक बिद्यालय भण्टाबारीले नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य तजमूल मन्सुरी,नसिब लाल यादव,नेकपा एस कोशी सभापति शत्रुघन चौधरी, देवन सदा, संचारकर्मी सज्जाद आलम, मिकाईल आलम लगायतलाई सम्मान गरेको हो ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस कोशी सभापति सुलेमान मन्सुरी,कोशी ८ का वडा अध्यक्ष बलराम क्षेत्री,कार्यपालिका सदस्य सर्जुग सरदार,बसिरन खातुन,न्यायीक समिति सदस्य कमरुद्दीन मियाँ
, नेकपा एमालेका स्थानीय नेता शमसाद आलम,नेपाली कांग्रेस कोशी उपसभापति धर्मेन्द्र विश्वास,नेपाली कांग्रेस सुनसरी जिल्ला संगठन विभाग सदस्य मन्जुर आलम,हनिफ मियाँ,वाजुल हक,सुधा देव,रामपुकार यादव लगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








