इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाका सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघ संघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम उनलाई नेविसंघ सुनसरी जिल्ला कार्य समितिको उपसभापतिमा मनोनयन गरिएको हो ।

नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराईका अनुसार नेपाल विद्यार्थी संघको बिधि,बिधान र मर्यादा भित्र रहेर संघलाई हुसेनले थप गतिशील बनाउनेमा नेविसंघ सुनसरी आशावादी छ । उक्त मनोनयन पत्रमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरी र नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति काठमाडौलाई बोधार्थ गरिएको छ । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका हुसेन सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीका स्वकीय सचिव समेत हुन ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








