कोशी । कोशी गाउँपालीकामा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार आइतबार दिउँसोको समयमा सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित नहर चौकमा भीषण आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा मियाँका साथै उनको बुबा महम्मद अन्सारी र दाई अबुल कलाम,छिमेकीहरु रशिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको गरी फुस र टिनको घरका साथै भान्सा घर र गोठालो गरी १८/२० घर जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट नगदसहित, धान, गहुँ, चामल, गरगहना,लत्ताकपडा, चौपाया गरी अन्दाजी ५०/५५ लाखको क्षति भएको बुझिएको छ । आगलागी लाई अन्दाजी एक/ डेढ घण्टा पछि कोशी गाउँपालीका,इनरुवा,रामधुनी र इटहरीबाट आएका दमकलका साथै स्थानीयवासी,नेपाल प्रहरी,सशस्त्र प्रहरी सहितको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








