बिहान बिहानै चिया दोकानमा आज चर्चाको विषय थियो “अप्रिल फुल, अन्तराष्ट्रीय रुपमै अप्रिल १ लाई फुल डे को रुपमा मनाउने चलन छ । अन्य डे हरु जस्तै यो डे पनि नेपाल भित्रिएको हो, नेपालको मौलिक वा रैथाने नभए पनि नेपालि युवा माझ लोकप्रिय बन्दै गईरहेको छ ।
अप्रिल फुल डे अहिले युवा भन्दा पनि नेपालका राजनीतिक दल, ती दलका नेता र दलमा आबद्ध हनुमान कार्यकर्ता ले समाजिक सजाल मार्फत आम मान्छेको वर्षको ३६५ दिन नै फुल बनाई रहको हुनाले , यो एक दिनको आयातित डे ले खासै फरक नपर्ने हो भन्दै काकाले चियाको पहिलो चुस्की लिँदै भन्यो ।
दोस्रोे चुस्की लिँदै फेरि काकाले भन्न सुरु गरे, पुरानो त पुरानो, फुल बनाउन जन्मेर बामे सर्न सुरु गरेका दल र तीनका हनुमान
चेलाहरुले विद्यावारिधि नै गरेका छन् । भक्त्तहरु का भगवान माथि र उनीहरुको देव स्थललाई बारे प्रश्न गर्नै नहुने । समाजिकसंजाल मार्फत जाई लागि हाल्ने । जनतालाई फुल बनाउन राम्रो राम्रो कामको श्रेय यति शिर्घ आफ्ना नेतालाई दिन्छ ,त्यति छिटो सूर्यको प्रकाश पनि पृथ्वीमा आउँदैन । चाहे त्यो काम उसको कार्यकालमा भएको होस् वा नहोस् । सरकारमा छु भने श्रेय मैले नै पाउनु पर्छ । सम्बन्धित विभाग कै कुनै काम खराब भयो भने , हनुमान भक्त्त हरु चई बोल्दैन ।
देवस्थल लाई ,काण्ड गर्ने हरुको आश्रय स्थल बाएर राज्यको ढुकुटीका सिधा पहुचँ दिलाएका छन् । दिन पनि किन नदिनु क्या, देवस्थलको मुख्य भगवान नै काण्ड उत्पादनको उद्योग भए पछि । भौमानको काण्ड बारे लेखि रहनु पर्दैन होला । भौमानको काण्ड लुकाउन , भौमानले समाजिक संजालमा भौमान सेना खडा गरेका छन् । भौमानका यी सेना , भौमान , भौमानको देवस्थल र देवस्थलका अन्य साहायकहरु प्रति यिती बफादार छन् कि , हामीले घरमा पाल्ने कुुकुरले एक छिनको लागि धोखा दिन सक्छ तर यी सेनाले हाईन ।
चियाको अन्तिम चुस्की लिँदै काकाले भने, जसको विगत नै कालाकर्तुत ले भरिर्पूण हुन्छ, आफ्नो विगत देखि वाकदिक भएर , सुन्दर वर्तमान र उज्यालो भविष्य खोज्न पेशा परिवर्तन गररे , राज्य शक्तिमा पुग्न आम जनतालाई ताँई न तुँईको विषयमा अल्झएर , आफ्नो काण्डको सहज अवतरण गराउनु नै नेपालिहरुको लागि सब भन्दा ठुलो अप्रिल फुल डे हो । जुन डे राज्य सत्तामाा बसेर दलहरु बिहान बेलुकै मनाउने गर्छ र तीनका हनुमान कार्यकर्ता समाजिक संजालमा ।
अप्रिल फुल बनाउन युवाहरु आज पनि दोस्रो स्थानमा छ, पहिलो मा त हाम्रै माननीय ज्यू हरू हुनुहुन्छ क्या, कहिले टप गर्ने हो युवाहरु ले !!!
कतै तपाईं पनि अप्रिल पुल बन्नु भयो कि ?