ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम

आवर कोशी by आवर कोशी
मंसिर ५, २०८१
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
34
SHARES
Share on FacebookShare on Twitter

जुगेस दास

देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन आज बुधवार सफलतापूर्वक सम्पन्न भएको । कार्यक्रमको मुख्य उद्देश्य डिप्रेसनबारे जानकारी दिनु र यसबाट बच्नका उपायहरू समुदायमा पुर्‍याउनु हो।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता र विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत रहेका थिए। कार्यक्रममा अध्यक्ष मेहताले आफ्नो मन्तव्य राख्दै डिप्रेसनको समस्या सामुदायिक सहयोग, समयमै उपचार, र मनोवैज्ञानिक परामर्शको माध्यमबाट समाधान गर्न सकिने कुरा उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ मनोविज्ञ बिनोद पौडेलले मानसिक स्वास्थ्यका विविध पक्षहरूमा प्रकाश पार्नुका साथै डिप्रेसनबाट जोगिने व्यावहारिक उपायहरू प्रस्तुत गर्नुभयो। उहाँले डिप्रेसनलाई प्रारम्भिक रूपमा पहिचान गर्न र समाधान गर्न मानसिक स्वास्थ्यबारे सचेत रहनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संस्था अध्यक्ष उमेश कुमार थापा र सचिव यसा गुरागाईंले पनि कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी गराउनुभयो।

कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका विभिन्न वडाका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी भएका थिए। सहभागीहरूले डिप्रेसनसम्बन्धी ज्ञान र यसको समाधानबारे सिकेर आफ्नो समुदायमा अभियानलाई प्रभावकारी रूपमा फैलाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको समन्वय मण्डुप्पा राईले गर्नुभएको थियो। उहाँले कार्यक्रमको तयारी र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

यो कार्यक्रमले समुदायमा डिप्रेसनजस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याहरूलाई समयमै पहिचान र समाधान गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। सहभागीहरूले यो कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। तीन दिने कार्यक्रमका बाँकी दुई दिनमा सहभागीहरूलाई थप ज्ञान प्रदान गर्न विभिन्न कार्यशाला, समूह अभ्यास, र परामर्शका सत्रहरू सञ्चालन गरिनेछ। कार्यक्रमले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्दै समुदायमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related Posts

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

कोशीबाट लागूऔषध सहित एकजना पक्राउ

by आवर कोशी
पुस १, २०८२
0

भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.