इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।

जस अनुसार अध्यक्ष पदमा हरिनगरका सुरेश शर्मा, उपाध्यक्षमा भोक्राहा नरसिंहका जमालुद्दिन मन्सुरी, सचिवमा देवानगंजका बौवालाल मेहता, कोषाध्यक्षमा इनरुवाकी निर्मला कोइराला, सदस्यहरुमा इटहरीका राजेन्द्र प्रसाद दाहाल, राजदेव चौधरी, इनरुवाका गितमाला सिंह र देवानगंजका मनोहर मेहता चयन भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समिती संयोजकमा इश्वर प्रसाद र सदस्यहरुमा ब्रहमदेव यादव र अन्जुदेवी मेहता चयन भएकी छन् ।










