सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ब्राउन सुगरसहित उनीहरुलाई मंगलवार नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरीपुर भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरी नयाब उपरीक्षक गणेश तप्त पाण्डेय र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका दुईजना पुरुष व्यक्तीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट प्लास्टीकमा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउण्डसुगर जस्तो देखीने खैरो पदार्थ ५३० मिली ग्राम (प्लास्टिक सहित) बरामद भएको हो ।

ब्राउन सुगर सहित पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल भिमनगर ग्राम पंचायत वडा नं. ११ वस्ने वर्ष २० का नवि हुसेन र जिल्ला सप्तरी राजविराज नं.पा. वडा नं.६ बस्ने बर्ष १९ का मोहम्मद खुर्शिद रहेका छन् । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको छ ।
पेस्तोल सहित भारतीय नागरिक पक्राउ
मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...









