ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

आवर कोशी by आवर कोशी
फाल्गुन १, २०८२
पेस्तोल सहित भारतीय नागरिक पक्राउ
18
SHARES
Share on FacebookShare on Twitter

मुस्ताक आलम

इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्व टोलीले एक भारतीय नागरिकलाई पेस्तोल, राउण्ड र ब्राउन सुगरसहित शुक्रवार पक्राउ गरेको हो। निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस तथा बी.ओ.पी. श्रीपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको अपाची मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालकले शंकास्पद व्यवहार देखाउँदै भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा भारत, अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवान रहेका छन्। उनको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल १ थान, सोही पेस्तोलमा ३ राउण्ड लोड गरिएको म्यागजिन १ थान तथा पाइन्टको पकेटबाट अन्दाजी १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी डिआइजी मनिष थापाको आगमनसँगै कोशीमा सशस्त्र प्रहरीको सक्रियता बढेको पाईएको छ। सशस्त्र प्रहरी बल, नेपाल को कोशी प्रदेश प्रमुखका रूपमा डिआइजी मनिष थापाले कमान्ड सम्हाल्ने बित्तिकै सीमा सुरक्षामा कडाइ गरिएको छ। जिम्मेवारी सम्हालेसँगै उनले भारतसँग जोडिएका जिल्लाहरूमा अपराध नियन्त्रण, अवैध ओसारपसार र लागूऔषध कारोबारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुन मातहत युनिटलाई स्पष्ट निर्देशन दिएका छन्।

डिआइजी थापाको सक्रिय नेतृत्वपछि सीमा क्षेत्रमा चेकजाँच कडा पारिएको छ भने अवैध गतिविधिमाथि निगरानी बढाइएको छ। स्रोतका अनुसार, उनको आगमनपछि सुरक्षा संयन्त्र अझ व्यवस्थित र आक्रामक ढंगले परिचालित भएको छ। कोशी प्रदेशमा शान्ति–सुरक्षा सुदृढ गर्ने उद्देश्यले डिआइजी थापाले “शून्य सहनशीलता” को नीति अपनाउँदै अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ।

Related Posts

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

by आवर कोशी
पुस २०, २०८२
0

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पेस्तोल सहित भारतीय नागरिक पक्राउ
अपराध

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
फाल्गुन १, २०८२
0

मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...

Read more
“व्यवस्था” बाट पलायनको निरन्तरता

“व्यवस्था” बाट पलायनको निरन्तरता

माघ २५, २०८२
सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

माघ ६, २०८२
सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

माघ ५, २०८२
कृषी सहकारी संघ सुनसरीको साधारण सभा

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

पुस २८, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.