भुटहा । सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्रमा भइरहेको पछिल्लो गतिविधि बारे चिन्ता व्यक्त हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीले सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा हरिनगर ३ बस्ने जीवन मेहतालाई कुटपिट गरेको बिषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको हुँदा सो विवाद समाधानको लागि आफू कटिबद्ध भएर लागेको बताउदै अध्यक्ष अन्सारीले सम्पूर्ण गाउँवासीमा धार्मिक सदभाव कायम राख्न अपिल गर्नुभएको हो ।
विवाद समाधान गर्न दुवै पक्षलाई संयमित्त भएर आ-आफ्नो स्तरबाट भुमिका निर्वाह गर्न अपिल गर्दै उहाँले आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो । आपसी भाइचारा र सामाजिक सदभावलाई खलल पुर्याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै अध्यक्ष अन्सारीले ‘परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव कायम राख्दै गाउँ विकासमा एकजुट भई अगाडि आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्न आह्वान गर्दछु।’








