इनरुवा । सुनसरी जिल्लाको हरिनगर गाउँपालीका क्षेत्रमा स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि पनि आक्रमण भएको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीन कृष्ण भण्डारी सहित केही प्रहरी घाइते भएका छन् । केहीदिनयता चर्किएको माहोल नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा उक्त क्षेत्रमा तैनाथ छन् । आइतबार दिउँसो प्रदर्शनकारीको ढुंगा लागि डिएसपी भण्डारी सहितका प्रहरी घाइते भएको जनाइएको छ । उनको खुट्टामा चोट लागेको बताइएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








