इनरुवा । सुनसरीमा हतियार देखाएर पैसा लुट्ने समूहलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । ईनरूवा नगरपालिका वडा नं. ९ चाईनिज स्कुल नजिक नहरको एकान्त बाटोमा घरतर्फ गरेको अवस्थामा हरिनगर गाउँपालीका वडा नम्बर २ बस्ने बर्ष ६१ की सहिरा मियाँ र उनको नाति बर्ष ३० को आशिफ अंसारीले जग्गा बिक्री गरेको पाँच लाख पैतिस हजार हतियार देखाएर लुटिएको थियो ।
झोलामा राखी मोटरसाईकलमा घर जांदै गर्दा अचानक गोली पड्केको आवाज सुनी बाटोमा लड्दा पछाडिबाट आएको व्यक्तिहरूले पैसाको झोला लिई भागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले आवश्यक अनुसन्धान पश्चात पहिचान गरी घटनामा संलग्न निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
वारदातमा प्रयोग गरेका को. प्र. १-०२-०४५ प. १६६८ नं. को मोटरसाईकल सहित उमेश मुखियालाई भोक्राहा नरसिंह गा.पा. ४ र ईब्रान मन्सुरी मियाँलाई सप्तरी, हनुमानगर कंकालिनी ३ स्थित घरमा लुकिछुपी बसेको अबस्थामा नियन्त्रणमा लिई लुटिएको मध्ये प्रतिव्यक्ति रू. ५१,०००।- दरले जम्मा रू. १,०२,०००।– कानून बमोजिम बरामद गरी निजहरू दुबै प्रतिवादीलाई मिति २०८०।१२।२५ गते सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी छ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।