वनिाशकाले वपिरीतबुद्धि
स्वार्थे सज्जनान् वगिुणान् करोति।
अहंकारात् सुरगणान् असुरान्
यथा नर्मिाणात् वनिश्यति तथा॥
अर्थात् , वनिाशको समयमा, व्यक्तकिो बुद्धि विपरीत हुन्छ र आफ्नो स्वार्थमा उनी सज्जनहरूलाई पनि दोषी ठान्छन्। हो, यस्तै स्थिति छ अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वकर्ता द्धय श्रेष्ठ र चौधरी बिच । लामो संघर्ष, बलिदान र आन्दोलन पछि प्राप्त पहिचान सहितको संघियताको नेतृत्व गर्ने सुनौलो अवसर थारु समुदायले गुमाएको छ । सुदुरपश्चिम प्रदेशमा वर्तमान परिस्थितिमा निणर्ायक भुमिकामा रहेको पार्टीले बोल्ड डिसिजन लिन नसक्दा सहचालक बनेको छ ।
आन्दोलन , संघर्ष र बलिदानबाट प्राप्त उप्लब्धिलाई नेतृत्वकर्ताले समयमै संस्थागत गर्न नसक्दा नेतृत्वकर्ता असक्षम र बाटो बिराएको प्रमाणित हुन्छ । सुदुरपश्चिमको सत्ता समिकरणमा नाउपा अहिले निणर्ायक अवस्थामा छ । आपदालाई कसरि अवसरमा बदल्ने भन्ने कुरा एकिकृत समाजवादी सँग नाउपले टियुसन लिनुपर्ने देखियो । नेतृत्व गर्ने अवसर पाएनौ भनेर संघर्ष गर्ने , जब नेतृत्व गर्ने अवसर प्राप्त भयो तब हामी आफ्नै दाजुभाईको नेतृत्व स्विकार गर्दैनौं , किन ?
दीर्घ सोडारीको नेतृत्वमा मन्त्री स्विकार गर्न सक्ने कैलाश चौधरीले , आफ्नै घरको लक्ष्कण्मकिशोर चौधरीको नेतृत्व किन रुचाएन् ? वा लक्ष्मणकिशोरले कैलाशको नेतृत्व सहजै स्विकार गर्न किन सकेन् ? व्यक्तिगत स्वार्थ ले हो वा एक अर्का प्रतिको ईष्र्या ? नेतामा हुनुपर्ने तयगको भाव र सहज रुपमा एकअर्काको नेतृत्व स्विकार गर्ने नम्र स्वभाव नहुदाँ सधैं तेस्रो पक्षको हली भएर काम गर्नु पर्ने हुन्छ । अहिले सुदुरपश्चिमा भएको पनि त्यही हो ।
आखिरमा कहिले सम्म सहचालक बनेर बस्ने त ? गाडीको पुरा कमान्ड आफ्नो नियन्त्रणमा लिने अवसर आउँदा पनि किन फेरि सहचालक नै ? व्यक्तिगत स्वार्थ लाई एकछिन थाँति राखेर समग्र समुदाय र सुदुरपश्चिम प्रदेशको हितलाई पहिलो प्राथमिकतामा राख्न किन चुकेको ? रंजिता र रेशमको आपसी मतभेद उनिहरुको निजी मामला हो । प्रदेशमा चुनिएका ७ जनप्रतिनिधी ले स्वविवेक किन प्रयोग गर्न सकेन्न् ? संघियताको मूल मर्म नै शक्तिको विकेन्द्रिकरण हो । नाउपा को सुदुरपश्चिम प्रदेश समितिले आफ्नो शक्ति किन प्रयोग गरेन् ? व्यक्तिको निजी मतभेदलाई पुरै पार्टी माथि हाबी हुन् दिनु कति घातक हुन्छ , यो कुरा अहिले तिनै ७ जनाले राम्री भन्न् सक्छन् । पार्टीमा एक व्यक्तिको निजी महत्वकांक्षले सम्पूणर् पार्टीलाई कसरि प्रभाव पार्छ , थालमा पस्कि सकेको भात , आपसी लुछाचुँडीले गर्दा , त्यो भात अको तेस्रो पक्षले खान पाउनु हो ।