ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

स्याउ तस्करी काण्ड : प्रहरीमाथि प्रश्नैप्रश्न

उच्चपदस्थ प्रहरी अधिकारीसमेत शंकाको घेरामा

आवर कोशी by आवर कोशी
असार १, २०७८
स्याउ तस्करी काण्ड : प्रहरीमाथि प्रश्नैप्रश्न
81
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

भण्टाबारी । नेपाल–भारतबीच रहेको खुला सीमा नाका सिल रहेको अवस्थामा भारी परिमाणमा भारतीय प्रहरीले चाइनिज स्याउ बरामद गरेपछि नेपाल प्रहरीमाथि प्रश्न उब्जिएको छ ।

सीमावर्ती क्षेत्रका स्थानीयवासीले सीमा क्षेत्रमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा व्यापक तस्करी हुँदै आएको बताउने गरेका थिए । यद्यपि जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग जिज्ञासा राख्दा उनीहरू यसबारे अनबिज्ञता प्रकट गर्ने गर्थे । तर, सुनसरीको कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै भारतीय भूमिमा पुगेको स्याउ बोकेको तीनवटा ट्रक भारतीय प्रहरीले आइतबार नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीकै संरक्षणमा तस्करी हुने गरेको अनुमानमा थप बल पुगेको हो ।

छ महिना नबित्दै फेरिए तीन इन्चार्ज

कोशी गाउँपालिका ८ को भण्टाबारी नाका राजमार्गसँग जोडिएको कारण अन्य सीमा नाकाको तुलनामा तस्करी गर्नेहरूको पहिलो रोजाइमा पर्ने गरेको बताइन्छ । जिल्लामा रहेका सशस्त्र प्रहरीका १० वटा बिओपीहरूमध्ये भण्टाबारी, लौकही मुख्य राजमार्गसँग जोडिएका छन् भने आंशिक रूपमा श्रीपुर र लाहीसमेत जोडिएका छन् । यद्यपि श्रीपुर र लाही बिओपी क्षेत्रभित्र पर्ने अधिकांश भूभाग ग्रामीण भेगमा पर्दछ ।

सोही कारण बिओपी इन्चार्जका रूपमा आउने सुरक्षाकर्मीको पहिलो रोजाइमा उल्लेखित नाका पर्ने गरेका छन् । तस्करहरूसँग मिलेमतो गरेको आशंकामा ६ महिना बित्न नपाउँदै सीमा प्रहरी चौकी भण्टाबारीमा तीनजना इन्चार्ज फेरिएका छन् ।

सीमा प्रहरी चौकी भण्टाबारीमा सइ इन्चार्जका रूपमा रहने गरेका छन् । सीमा प्रहरी चौकी भण्टाबारीमातहत अस्थायी प्रहरी चौकी कोशी कटान, अस्थायी प्रहरी चौकी श्रीपुर, अस्थायी प्रहरी चौकी हरिपुर र अस्थायी प्रहरी चौकी कोशी ब्यारेज पर्दछन् । अस्थायी प्रहरी चौकीमा असइ इन्चार्जका रूपमा रहने गरेका छन् ।

कोशी गाउँपालिका ८ स्थित भण्टाबारीबाट जेठ १६ गते १६५ केजी गाँजासहित एकजना पक्राउ गरेको भोलिपल्टै तत्कालीन इन्चार्ज सुरज खवासलाई तानेर सइ गंगा थापालाई सीमा प्रहरी चौकी भण्टाबारी पठाएकोमा उनी १५ दिनसमेत टिक्न सकेनन् । आइतबार बिहान भारतीय प्रहरीले १ हजार ३५० कार्टुन चाइनिज स्याउ बरामद गरेपछि सीमा प्रहरी चौकी भण्टाबारीका सइ थापालाई प्रदेश प्रहरीले निलम्बनका लागि केन्द्रीय कार्यालय सिफारिस गरेको छ ।

अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र कोशी कटानका इन्चार्ज असइ आशनारायण माझीलाई निलम्बन गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ । सीमावर्ती क्षेत्रमा तैनाथ प्रहरीले संगठनको आचरण विपरीत काम गरेपछि तिनीहरूलाई निलम्बन गरी थप अनुसन्धान थालिएको संचारकर्मीलाई प्रतिक्रिया दिदै  प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले भने निलम्बन गरिएका इन्चार्जको स्थानमा १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहबी र १ प्रदेश सशस्त्र प्रहरी गण रानीको प्रहरी टोली पठाएको छ ।

सीमा प्रहरी चौकी भण्टाबारीका इन्चार्ज सइलाई निलम्बनका लागि सिफारिस गरिएपछि उनको स्थानमा गणबाट सइ दीपक कार्कीलाई पठाइएको छ भने कोशी कटानमा असइ नवीन श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै अस्थायी प्रहरी चौकी श्रीपुरको इन्चार्जका रूपमा सइ वर्षा राईलाई पठाइएको छ ।

तीनवटै प्रहरी चौकीमा पुराना सबैलाई हटाएर नयाँ टोलीलाई पठाइएको हो । नेपाल प्रहरीले स्याउ प्रकरणमा तीनजना निलम्बनसहित ३४ जनालाई कारबाही गरेको छ । यसै गरी सशस्त्र प्रहरीका १५ जना तानिएका छन् भने अन्य बिओपीका इन्चार्जसहितलाई जिम्मेवारीबाट हटाइने तयारी गरिएको छ् ।

उच्चपदस्थ प्रहरी अधिकारीमाथि नै आशंका

जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र हुँदै विगतदेखि नै सीमामा तैनाथ सुरक्षाकर्मीकै संरक्षणमा तस्करी हुने गरेको गुनासो आउने गर्दछ । दैनिक रूपमा लाखौं मूल्य बराबरको विभिन्न सामान विभिन्न माध्यमबाट सुरक्षाकर्मीकै संरक्षणमा भित्रिँदा दैनिक लाखौंको राजस्व चुहावट हुने गरेको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको सीमा सिल कार्यान्वयन गराउने जिम्मेवार पाएको सशस्त्र प्रहरी चुकेको स्थानीयको आरोप छ ।

स्याउ तस्करीमा सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीका साथै सुरक्षा निकायका उच्चपदस्थ सुरक्षा अधिकारीको समेत संलग्नता हुने गरेको स्रोतको दाबी छ । स्याउ, सुपारी, मरिच, मटर तस्करी गराउन तल्लोदेखि माथिल्लो निकायका उच्चपदस्थ सुरक्षा अधिकृतहरू नै सलंग्न हुने गरेको स्रोतको भनाइ छ । स्रोत भन्छ, ‘तस्करलाई ग्रीन सिग्नल नदिइकन सीमा कटाउन मुस्किल छ । तर, उच्चपदस्थ अधिकारी प्रत्यक्ष कुनै तस्करसँग सम्पर्कमा बस्दैनन् । तिनीहरूले सेटिङ्ग मिलाउन सादा पोसाकका प्रहरी परिचालन गरेका हुन्छन् ।’

मदिरा भन्दै स्याउ बरामद

नेपालबाट ट्रकमा मदिरा आइरहेको सूचना पाएको भारतीय प्रहरीले आइतबार बिहान चाइनिज स्याउ बरामद गरेको हो ।

नेपालबाट तीनवटा ट्रकमा मदिरा ल्याउदै गरेको सूचना पाएको भारतीय प्रहरीले १ हजार ३५० कार्टुन चाइनिज स्याउ भारतीय गाडीमा अनलोड गर्दैगर्दा बरामद गरेको थियो । भारतीय नम्बरका गाडीमा लगिएको भन्ने सूचना पाए पनि उक्त स्याउ नेपाली गाडीमा बरामद गरिएको हो ।

ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १–०२–००१ ख ८०४१ का ट्रकसहित अन्य तीनवटा भारतीय ट्रक, एउटा चार पांग्रे र एउटा मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएको चाइनिज स्याउसँगै विराटनगर २ का ३० वर्षीय निरज मगर, ३४ वर्षीय सन्तोषकुमार सिंह, ४० वर्षीय टेकबहादुर श्रेष्ठ र दाङका आशिष बस्नेत पक्राउ परेका हुन् ।

त्यसै गरी स्याउ तस्करीका मुख्य नाइके भनिएका भारत बिहार राघोपुर थानाक्षेत्र सतकोरारिया ५ का ३३ वर्षीय पवनकुमार चौधरी, २५ वर्षीय रमेशकुमार राम, सहरसा जिल्ला कुमरा ३ का ३२ वर्षीय महम्मद शम्शेर र समस्तीपुर १२ का ३६ वर्षीय फुलेन्द्र यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

हामीलाई झुक्याउने काम मात्रै भयोः भन्सार प्रमुख

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत अर्जुन न्यौपानेले कोरोना महामारीका कारण भन्सार कार्यालयले अपेक्षा गरिएअनुसार चोरीपैठारी नियन्त्रणमा गर्न नसकेको स्वीकार गर्छन् ।

‘हामीसँग जनशक्ति अभाव छ त्यसमाथि कोरोना महामारीका कारण आलोपालो गरेर कर्मचारीहरू कार्यालय आउने गरेका छन्,’ उनले भने । कहिलेकाहीँ चोरीपैठारी भइरहेको सूचनाअनुसार टोली परिचालन गरिए पनि रित्तो हात फर्किने गरेको प्रमुख भन्सार अधिकृत न्यौपानेको भनाइ छ । ठीक सूचना समयमै नदिई हामीलाई झुक्याउने काम मात्रै भएको उनले बताए ।

चोरीपैठारी गर्ने व्यक्तिहरूले नै गलत सूचना दिएर हैरान गर्ने काम गरेको उनको कथन छ । ‘पछिल्लो घटना क्रमले सीमामा तैनाथ सुरक्षाकर्मी चोरीपैठारी नियन्त्रणमा चुकेका देखिन्छन्,’ भन्सार अधिकृत न्यौपानेले भने,  ‘त्यसैले अब भावि दिनमा कमिकमजोरी सुधार गर्दै चोरीपैठारी नियन्त्रण गर्न दुवै सुरक्षाकर्मीसँग समन्वय र सहकार्य गरी थप सक्रियता बढाउँछौं ।’

Tags: तस्करी

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.