कतारका अमरि, शेख तमिम बिन हमाद अल थानी यति बेला एसियाली देशहरुको भ्रमण छ । कतारका अमरि राजा शेख तमिम बिन हमाद अल थानी पहिलो पटक मङ्गलवार नेपालको दुई दिने औपचारकि भ्रमणमा आउँदै छन् ।
कतारी अमरि एसयिाली मुलुकको औपचारकि भ्रमणमा आइतबार नस्किएिको र त्यस क्रममा उनले क्रमशै फलिपिन्सि, बंगलादेश हुँदै नेपालको भ्रमण गर्ने कार्य तालिका छ । कतारका अमरि, शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आई पुग्ने छ, शेखको सम्मानमा भोलि नेपाल सरकारले सार्वजनिक बिदा दिने निणर्ाय मन्त्रिपरिषद्को बैठकले दिने घोषणा गरिसकेको छ । मित्र देशहरुका राष्ट्र प्रमुख र सरकार प्रमुखको भ्रमणको बेला नेपाल सरकारले यस्ता सार्वजनिक बिदाहरु दिने गरिएको छ । यि बिदाको खास उद्धेश्य के हो र , किन बिदा दिनुपर्छ भन्नृे प्रश्नमा सरकारले सधै गोलमोटोल उत्तर दिने गर्छ । उत्तर नियमित जस्तो हुन्छ सम्मान र सुरक्षा ।
नेपाल विश्वमै सब भन्दा बढी सार्वजनिक बिदा दिने देशमा पर्छ । नेपालले वर्षमा ३५ दिन बिदा दिएर , यो विधामा विश्व रेकर्ड नै बनाएको छ । यो ३५ दिन त क्यालेण्डरमा प्रकाशित बिदा हो , अनप्रकाशित बिदा पनि कम हुदैँन वर्ष भरि , जसको कुनै लेखाजोखा नै हदैँन । भोलि ११ गते कतारी शेखको सम्मानमा बिदा दिईँदै छ तर रोचक कुरा के छ भने कतारले आफ्नो देशमा वर्ष भरिमा जम्मा ४ दिन सार्वजनिक बिदा दिने गरेको छ ।
नेपालले विदेशी राष्ट्र प्रमुख र सरकार प्रमुखको भ्रमणको बेला सम्मान र सुरक्षको नाममा बिदा दिने परम्परा नेै छ । २०७५ बैशाख २८ गते भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र २०७८ मंसिर १३ गते भारतकै राष्ट्रपति रामनाथ गोविन्द नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिएको थियो । यस्तै २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी आउँदा पनि सार्वजनिक बिदा दिएको थियो । यो बिदाको रोचक कुरा के थियो भने उक्त दिन शनिबार थियो र भ्रमणको अवधि १८ घण्टाको थियो भने बिदा २४ घण्टाको । यि त केही प्रतिनिधी उद्धहरण मात्र हुन् ।
के यस्ता बिदाहरुबाट भम्रणमा आएका हरु साँिचकै खुशी र मोहित हुन्छ त ? के बिदा नदिदाँ उनीहरुको अपमान हुन्छ ? परिश्रम र काममा विश्वास गर्ने देशको राजाको स्वगतमा सार्वजनिक बिदाको घोषण गरेर , राजा रिझाउने, सम्मानको नाममा आम जनतालई आनवश्यक मानसिक र आर्थिक पिडा दिने गरेको थाहा पाउँदा राजा पनि के सोच्लान्् ? कस्ता बमफुसे र तोरी सरकार छ भन्दै खुब हाँस्छ होला । नेपालको कर्मचारीतन्त्र कुन गतिमा काम गर्छ , आम नेपाली जनतालई राम्री थाहा छ । नेपालको कर्मचारीलाई समयमा तलब , भत्ता र धेर भन्दा धेरै छुट्टी भए उनीहरुलाई स्वर्गीय आन्नद यही प्राप्त हून्छ । सबै कर्मचारी यस भित्र पर्दैन् तर अधिकांश यस्तै छ ।
यि बिदाहरुको उपलब्धि के भन्दा शुन्य ? औचित्य पुष्टि हुन् नसकेको बिदा दिएर नयाँ दलका युवा मन्त्रीहरु , जो यस्ता कार्यको खुलेरै विरोध गर्थे , आज तिनै व्याक्ति भएको मन्त्रिमण्डलले यस्ता निणर्यमा हस्ताक्षर गर्दा कस्तो अनुभुति भयो होला । यस्ता बिदाहरुले आममानिसहरुको दैनिक जीवनमा कसरि प्रभावित गर्छ , त्यो एसी हलको, आरामदायी कुर्सीमा बसेर , जनताको करबाट तलब भत्ता बुझ्ने बाबुसाहेब हरुलाई के थाहा ।
कतारका अमरि, शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सुखद् र फलदायी होस् । यो भ्रमणबाट नेपाल र कतारको द्धिपक्षीय सम्बन्ध अझै प्रगाड बनोस् । कतारलाई युवा शक्ति निर्यात गर्ने समझौता मात्र गर्नेमा ध्यानकेन्द्रित गर्ने होईन् , कतारबाट आर्थिक समृद्धि, विकास, आधुनिकता र कसरि आत्मनिर्भर बन्ने यि कुराहरुमा पनि गर्नुहोला । यति गर्दा आम जनताहरु औचित्य पुष्टि हुन् नसकेको एक दिने राष्ट्रिय खुशी खुशी पिडा सहनन् सक्छ ।










