सुनसरीको भोक्राहा नरसिंह ३ शिशो टोलमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसोको समयमा परालको टाल बाट आगलागी भएको हो
आगलागीमा राम देव मेहताको घर बाट आगलागी सुरु भइ स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नवीन कृषण भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार पराल बाट सल्केको आगोले शिशो टोलका ७ परिवारको घरमा रहेको खाद्यान्न , लता कपडा र नगदसहित गरेर ५० लाख बढीको क्षति भएको अनुमान गरिएको छ क्षतिको थप्प विवरण संकलनको कार्य भइ रहेकोे समेत भण्डारीले जानकारी दिनु भयो।

आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी ,सशस्त्र प्रहरी स्थानीय बासी र कोशी गाउँपालिका , इनरुवा नगरपालिका र इटहरी उप महानगर पालिकाका सहितका दमकल परिचालन गरेको थियो । आगलागीमा १ जना बालक समेत घाइते भएको जनाएको छ । यसैबीच आगलागी पीडित परिवार लाई भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले मंगलबार साँझ राहत सामाग्री उपलब्ध गराएको छ ।

पीडित परिवारलाई भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालयले तत्काल आवश्कता अनुसार खाधं एवं त्रीपाल सामग्री उपलब्ध गराएको र आगामी दिनमा थप सहयोग गरिने भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिनुभयो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








