लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको छ । विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा थप आकर्षण बढाउने उद्देश्यले कोशी गाउँपालीका क्षेत्रमा यसवर्ष देखि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएको गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

सोही अनुसार कोशी क्षेत्रमा रहेका श्री राष्ट्रिय मावि शोभनपुर कोशी ३ , श्री सप्तकोशी मावि कोशी ८ भण्टाबारी लगायत सबै सामुदायिक बिद्यालयमा भर्ना अभियानलाई प्रभावकारी बनाइएको छ । उक्त विद्यालयहरुले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो लगायत विभिन्न कार्यक्रम गरिरहेको कोशी गाउँपालीका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले जानकारी दिए ।

सामुदायिक बिद्यालयको शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ बैशाख २ गतेदेखि घरदैलो सुरु गरेको गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । विद्यालयले विद्यार्थी अभिभावक भेला गरी सुझाब संकलन समेत थालेको श्री राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण प्रसाद राउतले जानकारी दिए ।

अभियानमा विद्यालयका शिक्षकसहित गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायत जनप्रतिनिधि र कर्मचारीबाट निरन्तर सुझाव संकलन भएअनुसार भर्ना अभियानलाई निरन्तरता दिइएको प्रअ राउतको भनाइ छ । सबैसँग सरसल्लाह गरी घरदैलो कार्यक्रम एकदमै चुस्तदुरुस्त तरिकाले अगाडी बढाइएको श्री सप्तकोशी मावि कोशी ८ भण्टाबारीका प्रअ अरुण देव यादव बताउँछन् ।

कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीका विद्यार्थीहरु विगतमा अन्य क्षेत्रमा गएर पढ्नुपर्ने बाध्यता रहेकोमा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको विशेष पहल र प्रयासमा यस शैक्षिकसत्रदेखि कक्षा १० सम्मको पढाई हुने भएपछि उक्त समस्या समाधान भएकोमा श्री सप्तकोशी मावि कोशी ८ भण्टाबारी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादवले खुशी व्यक्त गरे । कोशी गाउँपालीकामा सामुदायिक तथा धार्मिक बिद्यालय गरी ५४ वटा बिद्यालय रहेका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








