भोक्राहा । शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भइरहेको हो । उक्त भनाइलाई सार्थकता प्रदान गर्न सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले विशेष सक्रियता देखाएका छन् ।
उनले भोक्राहा नरसिंह ४ स्थित रहेको श्री पृथ्वीनारायण माध्यमिक बिद्यालयमा शैक्षिकसत्र २०८१ देखि कक्षा -१ मा सिमित सिटमा निशुल्क अग्रेजी माध्यमवाट पठनपाठन गराएका छन् । सोही अनुसार अहिले भर्ना अभियान अन्तर्गत अध्यक्ष आजादको लगायतको उपस्थितिमा सल्लाह ,सुझाव ,छलफल एवं सहयोगको साथै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गृहकार्य थालिएको बताइएको छ ।
भोक्राहा नरसिंह गाउँपालीकाको क्षेत्रका वडा वडाको टोल टोल पुगेर घरदैलो गरी विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउन अभिभावकलाई आग्रह गर्दै आएको अध्यक्ष आजाद बताउँछन् । उनले विद्यार्थी भर्ना अभियान तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थी र अभिभावकसँगको छलफललाई अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।
राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष आजादले शिक्षा क्षेत्र सुधार गर्ने अभियान अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार विकासको लागि आफू योजनाको साथ अघि बढेको बताए । समुदायसँग जोडिनको लागि पनि शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उनको भनाइ छ । विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न स्थानीय सरकार लागिरहेको उनले बताए । विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा अध्यक्ष आजादको भनाइ छ ।
वडाध्यक्षको भाईबाट कुटिए डाक्टर राई
सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् । डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६...