ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

स्याउ तस्करी काण्डः उच्चपदस्थ सुरक्षा अधिकृतदेखि जनप्रतिनिधिसम्मलाई आरोप

किन अफ गरियो सिसिटिभी ?

आवर कोशी by आवर कोशी
असार २, २०७८
सिल नाकाबाट कसरी छिर्यो स्याउ बोकेको ट्रक ?
116
SHARES
Share on FacebookShare on Twitter

 

मिकाइल आलम

भण्टाबारी । चाइनिज स्याउ तस्करी गरी सुनसरीको कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै भारत पु¥याइएपछि सीमा सिल भएको अवस्थामा कसरी स्याउ लगियो भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

तस्करीमा को–को संलग्न छन् र कुन नाकाबाट तीन–तीनवटा ट्रक छिरे भन्ने चर्चा परिचर्चा भइरहेका बेला शङ्काको सुई प्रहरीका उच्चपदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधितिर सोझिएको छ । प्रहरी स्रोतका अनुसार शनिबार राति कोशी गाउँपालिका वडा नं। ७ स्थित हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट तीनवटा ट्रकमा चाइनिज स्याउ तस्करी गरी भारतीय भूमिमा पु¥याइएकोमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विगतदेखि नै उच्चपदस्थ सुरक्षा अधिकारीसँगै स्थानीय केही जनप्रतिनिधिको डिजाइनमा स्याउ, सुपारी, मरिच, मटरलगायत तस्करी गराइने गरिएको गम्भीर आरोप लाग्ने गरेको छ । त्यस्तो शङ्का हुनुका केही आधारहरू देखिएका छन् ।

किन अफ गरियो सिसिटिभी ?

स्थानीयस्तरमा चोरी–पैठारीका साथै आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था मजबुत बनाई राख्न सहयोग पुग्ने उद्देश्यले कोशी गाउँपालिका वडा नं। ७ स्थित हरिपुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

उक्त सिसिटिभी क्यामेरा वडा नं। ७ को कार्यालयले सञ्चालन गर्ने गर्दछ । यद्यपि शनिबार उक्त क्यामेरा अचानक बन्द हुनु र सोही दिन उक्त बाटो हुँदै तीनवटा ट्रकमा चाइनिज स्याउ तस्करी गराइनुले सुरक्षाकर्मीसँगै जनप्रतिनिधिमाथि लगाइएको आरोपमा थप बल पुगेको देखिन्छ ।

संयोग कस्तो भने सोही दिन हरिपुरमा चोकमा एक जनाको किराना पसलमा चोरीसमेत भएको थियो । कोशी गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष रामचन्द्र महतोसँग सो किराना पसल सञ्चालकको सम्बन्ध राम्रो नभएको हुँदा त्यस घटनामा वडाध्यक्षकै संलग्नता हुनसक्ने आरोपसमेत स्थानीयले लगाएका छन् । तर, त्यसमा सत्यता नभएको वडाध्यक्ष महतोको भनाइ छ । शुक्रबार कार्यालय समयपश्चात् नै सिसिटिभी प्राविधिक कारणले अफ भएको उनले दाबी गरे ।

‘कार्यालय सहयोगीले शुक्रबार कार्यालय बन्द गर्दासम्मको दृश्य सिसिटिभीमा कैद भएको देखिन्छ’ वडाध्यक्ष महतोले भने, ‘तर, शुक्रबार साँझदेखि आइतबार बिहानसम्मको दृश्य कैद भएको देखिँदैन ।’ आइतबार गाउँपालिकाबाट आएको प्राविधिकको सहयोगमा सिसिटिभी पुनः सञ्चालनमा ल्याइएको छ । कुनै पनि प्रकारको चोरी–पैठारीमा आफूहरूको संलग्नता नभएको वडाध्यक्ष महतोको दाबी छ । जुनसुकै कारण भए पनि सिसिटिभी बन्द भएकै समयमा ठूलो परिमाणमा चाइनिज स्याउ भारततर्फ तस्करी गराइनु र सोही दिन एक जनाको पसलमा चोरी हुनुलाई संयोग मात्र मान्न नसकिने स्थानीयको जिकिर छ ।

नेपाल–भारतबीचको खुला सीमा नाका सिल रहेको अवस्थामा भारी परिमाणमा भारतीय प्रहरीले चाइनिज स्याउ बरामद गरेपछि सुरक्षाकर्मी र जनप्रतिनिधिमाथि प्रश्न उब्जाएको हो । आइतबार बिहान भारतीय प्रहरीले १ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ बरामद गरेपछि सीमा प्रहरी चौकी भण्टाबारीका सइ गङ्गा थापालाई प्रदेश प्रहरीले निलम्बनका लागि केन्द्रीय कार्यालय सिफारिस गरेको छ भने भण्टाबारी मातहत रहेका अस्थायी प्रहरी चौकी श्रीपुरका असइ टेकबहादुर कार्की र कोशी कटानका इञ्चार्ज असइ आशनारायण माझीलाई निलम्बन गरिए पनि अस्थायी प्रहरी चौकी हरिपुरका इञ्चार्जसहित ड्युटीमा खटिएका प्रहरीलाई अनुसन्धानको दायरामा ल्याइएको छैन ।

जबकि हरिपुर हुँदै तीनवटा ट्रकमा स्याउ भारतीय भूमिमा पु¥याइएको दाबी गरिएको छ । सीमा प्रहरी चौकी भण्टाबारीका इञ्चार्जसहित सबै युनिटका साथै अस्थायी प्रहरी चौकी श्रीपुर र कोशी कटानका इञ्चार्जसहित ३१ जनालाई छानबिनका लागि तानिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज महेश कार्कीसहितको युनिटसँगै कोशी क्षेत्रका बिओपीमा तैनाथ ४० जना भन्दाबढी सशस्त्र प्रहरीलाई तानिएको छ ।

उच्चपदस्थ सुरक्षा अधिकारीकै संलग्नतामा स्याउ तस्करी भएको चर्चाका विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नगेन्द्र कार्कीले उक्त आरोपमा सत्यता नभएको दाबी गरे । उनले कुन बाटोबाट स्याउ भारत पु¥याइयो भन्ने बारेमा अझै यकिन भइनसकेको जानकारी दिए । भारतमा तीनवटा नेपाली ट्रकमा स्याउ बरामद भएपछि यथार्थ कुरा पत्ता लगाउन अनुसन्धानका लागि ड्युटीमा खटिएका प्रहरीलाई तानिएको उनले बताए । उनले भने, ‘तानिएका सबै दोषी छन् भन्ने होइन ।’

प्रहरी सङ्गठनको आचरण विपरीत कुनै प्रहरीले काम गरेको देखिए छानबिनपश्चात् दोषीलाई कडा कारबाही गरिने डिएसपी कार्कीको भनाइ छ । स्याउ, सुपारी, मरिच, मटर तस्करीमा सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीका साथै सुरक्षा निकायका उच्चपदस्थ सुरक्षा अधिकारीको समेत संलग्नता हुने गरेको स्रोतको दाबी छ । नेपालबाट तीनवटा ट्रकमा मदिरा ल्याउँदै गरेको सूचना पाएको भारतीय प्रहरीले १ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ भारतीय गाडीमा अनलोड गर्दैगर्दा तीनवटा नेपानी नम्बर प्लेटका गाडीसहित आठजनालाई नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी बल प्रदेश नम्बर १ बाहिनी पकलीले  एसएसपी प्रकाश थापाको संयोजकत्वमा अनुसन्धान टोली बनाएको छ । स्याउ तस्करीको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउँदै अनुसन्धान टोलिका संयोजक एसएसपी थापाले अनुसन्धानका क्रममा पाइने कुरा समेटेर बुझाउने प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिए ।

Tags: तस्करी

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.