भोक्राहा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका किसानलाई सतप्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका भोक्राहा नरसिंह गाउँपालिकाको आठवटै वडा पाँच सयजना किसानलाई सतप्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गर्ने योजना रहेको अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।

जलस्रोत तथा सिचाइ उपक्षेत्रमा रहेको स्यालो ट्युबवेल तथा मोटर जडान कार्यक्रम अन्तर्गत सोमबार भोक्राहा नरसिंह गाउँपालिका वडा २ का ५० जना किसानलाई अनुदानमा कृषि सामाग्री वितरण गरेको उनको भनाइ छ ।

“यो शत्प्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन”, योजनाका बारेमा जानकारी दिँदै भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए ।

सिँचाइको सुविधा पुर्याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्याउन स्थानीय सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको उनको भनाइ छ ।सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा कृषि सामाग्री वितरण गरिएको हो । आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान आवश्यकता अनुसार कृषि सामाग्री पाएपछि उत्साही भएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








