सुनसरी । सुनसरीबाट गैरकानुनी तवरबाट ल्याइएको ठुलो परिणाममा चिनी बरामद गरिएको छ । कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भण्टाबारीबाट सशस्त्र प्रहरीले बरामद गरेको भारतीय नम्बर प्लेटको गाडीबाट ठुलो परिणाममा चिनी बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओप प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सन्तोष अधिकारी नेतृत्वको टोलिले शनिबार शंकास्पद अवस्था रहेकोे बिआर ५० जि ९०५७ नम्बरको भारतीय मालबाहक गाडी नियन्त्रणमा लिई राखेकोमा मंगलबार सुनसरी भन्सार कार्यालयमा त्यहाँका कर्मचारी, जनप्रतिनिधि,सुरक्षाकर्मी,संचारकर्मी,स्थानीयवासी समेतको उपस्थितिमा उक्त ट्रकको भौतिक चेकजाँच गर्दा १७ लाख ८५ हजार मूल्य बराबरको ५९५ बोरा चिनी,२९ हजार ७०० मूल्य बराबरको १८ बोरा मकै र २ लाख ११ हजार १६० रुपैयाँ बराबरको गहुँ बरामद गरिएको हो । बरामद गरिएको सबै सामान र ट्रकको २५ लाख गरी जम्मा ४५ लाख २५ हजार ८६० रुपैयाँ बिगो माग गरिएको छ ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले निगरानी बढाएपछि चोरीपैठारीमा कमि आएको स्थानीय बताउँछन् । बरामद गरिएको सामान र गाडी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको हुँदा अनुसन्धानबाट थप कुरा खुल्दै जाने सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत राधेश्याम दाहालले जानकारी दिए ।
बराहक्षेत्रमा निर्मित प्रहरी भवनको उद्घाटन
सुनसरी जिल्लाको बराहक्षेत्र न.पा. ०१ स्थित निर्मित प्रहरी चौकी बराहक्षेत्र कार्यालय भवनको उद्घाटन गरिएको छ । बुधवार बिहान बराहक्षेत्र नगर...