कोशी । शैक्षिक सत्र २०८१ देखि कोशी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुर अंग्रेजी माध्यम बाट पठनपाठन सुरु भएको छ । विद्यालयमा शैक्षिक सत्र २०८१ देखि कक्षा -८ देखि अंग्रेजी माध्यमबाट निशुल्क पठ्नपाठ्नको आवश्यक सबै व्यवस्था मिलाइएको प्रअ हरेकृष्ण प्रसाद राउतले जानकारी दिए ।
आफ्नै गाउँपालीकाका सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम बाट पठनपाठन सुरु भएपछि यसप्रति आकर्षण समेत बढेको छ । विद्यार्थीहरुको संख्या अत्यधिक भएपछि प्रवेश परिक्षा लिई सिट अनुसार विद्यार्थी भर्ना गराइएको छ ।
कक्षा ८ मा अंग्रेजी माध्यमबाट निशुल्क पठ्नपाठ्नको लागि ५० जनाले प्रवेश परीक्षा दिएकोमा तिमध्ये ३६ जना विद्यार्थी सहित अंग्रेजी माध्यमबाट पढाई थालिएको उनको भनाइ छ ।
यसैबीच कोशी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले आइतबार स्वागत तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका कक्षा ९ सिभिल र कक्षा ८ अंग्रेजी मेडियमका विद्यार्थीलाई स्वागत गरेको छ ।
उनीहरूलाई कोशी अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल,राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुरका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शमसुल मन्सुरी,वडा अध्यक्ष सुलेमान मन्सुरी,धर्मेन्द्र विश्वास,सोही बिद्यालय सहायक प्रअ मुन्तजिर अन्सारीले लगायतले स्वागत गरेका थिए ।
सोही अनुसार बिज्ञ समूहबाट सल्लाह ,सुझाव ,छलफल एवं सहयोगको साथै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गृहकार्य थालिएको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले बताए । राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष अन्सारीले शिक्षा क्षेत्र सुधार गर्ने आफ्नो मुख्य अभियान अन्तर्गत विद्यालयको भौतिक पूर्वाधार विकासको लागि योजनाको साथ अघि बढेको बताए । समुदायसँग जोडिनको लागि पनि शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उनको भनाइ छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न स्थानीय सरकार लागिरहेको उनले बताए । विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा अध्यक्ष अन्सारीको भनाइ छ ।
सुनसरीमा पुनः बढ्यो सेटिङ्गमा तस्करी
मिकाइल आलम इनरुवा । केही महिना अगाडि सम्म रोकिएको तस्करी सुनसरीको विभिन्न सीमा नाका हुँदै पुनः बढेको सूचना प्राप्त भएको...