इनरुवा । नेपाली काँग्रेसका नेता हाजी इस्राइल मन्सुरीको पहलमा बराहक्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुर क्षेत्रका विपन्न परिवारलाई ट्युबवेल वितरण गरिएको छ ।
नेता मन्सुरी पहलमा बराहक्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरका ३४ परिवारलाई जमिनबाट खानेपानी निकाल्न प्रयोग हुने ट्युवेल अर्थात् चापाकल वितरण गरिएको हो ।
वडामा रहेका न्यून आए भएका विपन्न, दलित, लक्षित वर्गका परिवारलाई निःशुल्क रूपमा ट्युवेलसंगै पानी झिक्न आवश्यक पर्ने सामाग्री वितरण गरेको नेता मन्सुरीले जानकारी दिए । नगरपालिकामा करिब १ सय परिवारलाई ट्युवेल वितरण गर्ने लक्ष्य लिएको अलखेल सोसाइटी नेपालको बुधवारबाट सुरु वितरण कार्य केही दिन निरन्तर चल्ने छ ।
करिब ७ हजार बजार मूल्य पर्ने ट्युवेल तथा आवश्यक सामाग्री अलखेल सोसाइटी नेपालले उपलब्ध गराएको हो । मन्सुरीको नेपाली काँग्रेसका नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का सभापति समेत हुन ।








