मोरङ । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको हात्तीको आक्रमण बाट मृत्यु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मियाँ शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको हो ।
हात्तीको आक्रमण बाट घाइते भएका मनोहर को उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली ५ स्थित आमगाछी हुँदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।








