भोक्राहा नरसिंह गाउँपालीकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि अजमल अख्तर आजादको नेतृत्वमा विकास निर्माण कार्यले तीव्रता लिएको छ । गाउँपालीका क्षेत्रमा बाटो अतिक्रमण गरी बनाइएको अस्थायी घर टहरा हटाएर बाटो फराकिलो बनाउनु देखि लिएर हरेक वडा वडामा पक्की बाटो पुर्याउन अध्यक्ष आजाद प्रतिबद्ध भई लागेको स्थानीयबासीको भनाई छ ।

पछिल्लो समय भोक्राहा नरसिंह विकास निर्माण कार्यमा गति लिएको अवस्थामा भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष आजादले प्राथमिकताका आधारमा वडा वडाको विकास निर्माण कार्यमा तीव्रता दिएका छन । आफू निर्वाचित भएपछि जनताको हरेक समस्यामा साथ दिई बाटो घाटो निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य , कृषि लगायत चौतर्फी विकास गर्न निरन्तर लागिपरेको वडा अध्यक्ष आजादको भनाई छ ।

विकास निर्माण गर्न योजना बनाएर बजेट विनियोजन गर्नेदेखि लिएर हरेक कामको अध्यक्ष आजाद आफैले स्थलगत अनुगमन गर्दै गुण्स्तरमा कुनै कमि नगर्न ठेकेदार पक्षलाई सचेत गराउदै आएका छन । जसको फलस्वरुप हरेक वडा वडामा गुण्स्तरीयताका साथ विकास निर्माण कार्य धमाधम भइरहेका छन । भोक्राहा नरसिंह अध्यक्ष आजादले आफ्नो नेतृत्वमा गरिरहेको चौतर्फी विकास निर्माण कार्यमा वडा अध्यक्ष सहितका सम्पूर्ण जनप्रतिनिधी , कर्मचारी, सर्वसाधारण लगायत सबै पक्षबाट साथ र समर्थन पाएका छन ।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








