ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

आफ्ना प्रतिबद्धता पूरा गर्दै अध्यक्ष अन्सारी

आवर कोशी by आवर कोशी
असार ६, २०८१
आफ्ना प्रतिबद्धता पूरा गर्दै अध्यक्ष अन्सारी
29
SHARES
Share on FacebookShare on Twitter

लगातार दोस्रोपटक अध्यक्ष पदमा ऐयुब अन्सारी निर्वाचित भएपछि कोशी गाउँपालीकाले विकास निर्माणकार्यमा गति लिएको छ ।  २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत दोस्रोपटक अध्यक्ष पदको जिम्मेवारी पाएका अन्सारीको नेतृत्वमा अहिले कोशी गाउँपालीकामा बाटोघाटो निर्माणकार्य मात्रै नभई शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,रोजगारी लगायत चौतर्फी विकास निर्माणकार्यले गति लिइरहेको अवस्था छ । सुनसरीको कोशी गाउँपालिकामा दोश्रो स्थानीय तहको निर्वाचन मार्फत जनप्रतिनिधि छनौट हुँदा अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश जनप्रतिनिधि आफ्नो दोश्रो कार्यकालका लागि दोहोरिन सफल भयो ।

गाउँपालिका नेतृत्वलाई दोश्रो कार्यकालको लागि अवसर प्रदान गर्नु भनेको एकहदसम्म पहिलो कार्यकालको कामलाई आम जनताले मतदान मार्फत अनुमोदन गर्नु सरह बुझिन्छ स्थानीय बुद्धिजीवी धर्मेन्द्र कर्णले भने यद्यपी दोश्रो कार्यकाल सहज भने छैन । नयाँ संरचना, बजेट, कानून र जनशक्तिको अभाव भई अधुरो रहन गएको चुनावी घोषणाहरु पुरा गर्ने वाचाका साथ जनताबाट मत लिन सफल कोशीको नेतृत्वलाई राजनीतिक भविष्य सफल बनाउन दोश्रो कार्यकाल अग्नि परीक्षा सरह हो उनले भने । 



स्वास्थ्य र रोजगारी प्राथमिकतामा

आम जनताको विश्वास जित्दै पूनः नेतृत्वमा आएका कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी चुनावी वाचा पुरा गर्न तल्लिन देखिन्छन् । २०७९ वैशाख १२ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेका अध्यक्ष अन्सारीले खासगरी स्वास्थ्य र रोजगारी क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

स्वास्थ्य तर्फ 


१. पालिकाको आन्तरिक श्रोतबाट ४ वटा सामुदायिक स्वास्थ्य इकाई र २ वटा प्रसुतीगृह सञ्चालनमा ल्याइएकोमा यो प्रसुतीगृहको संख्या ३ पुगेको छ । कोशी गाउँपालीका वडा नं.५ स्थित हुड्कीटोलमा प्रसुतीगृहबाट सेवा शुरु गरिएको छ । पिछडिएको समुदाय मानिने मल्धैया बस्ति र प्रभाकर टोलको मुसहर बस्तिलाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको प्रसुति गृहबाट वडा नं.५ र ६ का अधिकांश महिला स्वास्थ्य लाभ लिन लिइरहेका छन् । हाल सम्म पनि घरमै प्रसुति गराई स्वास्थ्य जोखिम लिने बाध्यतामा रहेको महिलाहरु प्रसुतिगृहको सेवा पाउदा हर्षित छन् । यसरी कोशी गाउँपालिका एउटै पालिका भित्र ३ वटा प्रसुति गृह सञ्चालनमा ल्याउने पालिकाको सूचीमा परेको छ । 
२. कोशी गाउँपालिकाले यो वर्ष मात्रै २ स्थानमा प्रयोगशाला(ल्याब) सेवा सञ्चालनमा ल्याएको छ । लौकही स्थित स्वास्थ्य चौकीबाट ल्याब सेवा प्रदान हुँदै आएकोमा प्रसुति गृह सञ्चालनमा रहेको हरिपुर स्वास्थ्य चौकी र कुम्याही स्थित सामुदायिक स्वास्थ्य इकाईबाट पनि ल्याब सेवा प्रदान गर्ने व्यवस्था मिलाईएको छ । यसका लागि गाउँपालिकाले आन्तरिक श्रोतबाट जनशक्ति व्यवस्थापन गरेको छ । 

३. गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत गर्भवति महिलाको लागि घुम्ती अल्ट्रासाउण्ड सेवालाई विस्तार गर्दै हाल आठ वटै स्वास्थ्य संस्थाबाट अल्ट्रा साउण्ड सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ्  । पालिकाले आन्तरिक बजेटबाट दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गरी गर्भवति मात्र नभई कुनै पनि रोगको जाँच गराउन गुणस्तरीय अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्दै आएको छ। साप्ताहिक रुपमा सेवा उपलब्ध हुने दिनको प्रचारप्रसार गरी शुरु  गरिएको यो सेवाबाट मासिक हजार जना सम्मले लाभ लिइरहेका छन् । सामान्य चेकजाँचका लागि इनरुवा विराटनगर जानबाट बाध्य कोशीबासी  घर नजिकै निशुल्क सेवा पाएकोमा दंग छन् । 

४. पालिका क्षेत्रका स्वास्थ्य संस्थाबाट दैनिक ओपिडि सेवा, गर्भवति जाँच सेवा र समय समयमा सञ्चालन हुने गाउँ घर क्लिनिक, खोप सेवालाई गुणस्तरीय र सर्वशुलभ बनाउन यो वर्ष मात्रै १५ जना स्वास्थ्य जनशक्ति करार सेवामा नियुक्त गरिएका छन् ।
५.पालिका भरीको अपाङ्गता भएका व्यक्तिको व्यवस्थित प्रोफाइल तयारीकार्य सम्पन्न भएको छ । कुनै पनि वडामा बच्चा जन्मेको २८ दिनभित्र तालिम प्राप्त जनशक्तिले बच्चाको निरिक्षण गरी प्रतिवेदन दिने कार्य भइरहेको छ । कुनै समस्या देखिएमा तत्काल निशुल्क उपचारको व्यवस्था गरिन्छ। जन्मिदा अपाङ्गताको लक्ष्यण देखिएका १० जना बच्चालाई निशुल्क उपचार प्रदान गरी अपाङ्गता हुन बाट जोगाइएको छ । उपचारबाट निको हुने वा सुधार हुने १०४ जनालाई स्वास्थ्य उपचार गराईएको छ । चालु वर्षमा मात्रै आवश्यता अनुसार कृतिम हात, कृतिम खुट्टा अन्यलाई आवश्कता अनुसार ३५ जनालाई सहायक सामाग्री उपलब्ध गराईएको छ ।

रोजगारी तर्फ

पालिका क्षेत्रमा पर्याप्त रोजगारीको अवसर सृजना गर्ने चुनावी घोषणा गरेका अध्यक्ष अंसारीले वार्षिक कार्यक्रममा पनि महत्व दिएको पाईन्छ । कोशी बाढीबाट क्षतिग्रस्त भई पूनस्र्थापनाको क्रममा रहेको यस भेगका यूवाहरुको लागि योग्यतामा आधारित रोजगारी सृजना गर्ने कार्यक्रमहरु यो वर्ष सञ्चालन भएका छन् । 

१. पालिकाबाट सञ्चालन भएको शिक्षक सेवा तयारी कक्षामा सहभागि मध्ये ९ जनाले शिक्षक सेवा आयोग पास गरेको अवस्था छ । 
२. यो वर्ष पनि विपन्न ५५ जना छात्रामहिलाहरुका लागि शिक्षक अनुमति पत्र तयारी कक्षा सञ्चालन गरियो । 
३. अनुमति पत्र पास भई शिक्षक सेवा आयोगमा फाराम भरेका मध्ये ४० जनाका लागि शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको थियो । विभिन्न कारणले घरबाट बाहिर जान नसक्ने छात्रा÷महिलाहरुका लागि यो कक्षा निकै लाभदायक भएको बताइएको छ ।
४. चालु वर्षमा मात्रै ४० जनाले निशुल्क लोकसेवा तयारी कक्षा लिएका छन् । 
५. सुरक्षा निकायमा करियर देख्नेका लागि सुरक्षा निकायमा भर्नाका लागि तयारी कक्षा र अभ्यास कक्षा सञ्चालनको तयारीमा रहेको छ । यी तयारी कक्षाबाट लाभ लिई स्थायी रोजगारीको अवसर प्राप्त गर्दा पालिका क्षेत्रका अन्य यूवाहरुलाई पनि उच्च शिक्षा हाँसिल गर्न उत्साह मिल्ने अपेक्षा छ ।
६. गाउँपालिकामा सञ्चालन भएको गरिबी निवारण्का लागि लघु उद्यम विकास कार्यक्रम मार्पmत यो वर्षमा ९० जना नयाँ उद्यमी सृजना भएको छ भने ४० जना पुराना उद्यमीहरुको स्तरोन्नती सहित प्रविधि सपोर्ट गरिएको छ । 
७. सशर्त कार्यक्रमका अतिरिक्त अध्यक्ष उद्यमशिलतामा आधारित रोजगारी कार्यक्रम कार्यान्वयन गरी ५० जनालाई उद्यमशीलता विकास तालिम प्रदान गरेका छन् । त्यस्तै व्यावसायिक प्लान सहित उद्यम गर्न इच्छुक व्यक्तिलाई लागत साझेदारीमा प्रोत्साहन गर्ने पालिका अध्यक्षले घोषणा नै गरेका छन् ।
८. राष्ट्रिय मावि सोभनपुरमा सञ्चालन गरिएको प्राविधिक धारको पढाईले पनि दिर्घकालमा रोजगारी वृद्धिमा ठूलो टेवा पुग्ने विश्वासका साथ कोशी जनता मावि हरिपुरमा समेत प्राविधिक धारको पढाईका लागि सम्बन्धित निकायमा प्रस्ताव पेश गरिएको छ ।
दोस्रो कार्यकालका निर्वाचित भएको दुई वर्षमा स्वास्थ्य र रोजगारीलाई बढी प्राथमिकतामा राखेको बताउने अध्यक्ष अंसारीले शिक्षा र भौतिक पूर्वाधारको विकास लगायत अन्य क्षेत्रलाई बेवास्ता भने नगरेको बताउँछन् । यो वर्षमा राष्ट्रिय मावि लौकही, राष्ट्रिय मावि सोभनपुरको भवन निर्माण कार्यले गति लिएको छ भने  प्रभाकर टोलको आधारभूत विद्यालयमा बाउण्डरी वालको काम भइरहेकोे अवस्था छ । विद्यालयको अनुगमन नियमन प्रभावकारी बनाउनका लागि धेरै संख्यामा कानून कार्यविधिहरु निर्माण भएका छन् । आगामी वर्षमा यी कार्यविधिहरु अवलम्बन गर्दै सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा व्यापक सुधार गर्ने अध्यक्ष अंसारीको रणनीति छ । 


भौतिक पूर्वाधार तर्फ बहुप्रतिक्षित जमुवा कुम्याही हरिपुर सडक कालोपत्रे निर्माण कार्य शूरु भएको छ। जसबाट ४ वटा वडाको अधिकांश घरधुरी लाभान्वित हुनेछन् । मुुलुकमा देखिएको आर्थिक संकटका कारण सिलिङ्ग अनुसार तोकिएको बजेटमा केन्द्रले व्यापक कटौति गरेको हुँदा सोचे जस्तो विकास निर्माणका कार्यमा प्रगति गर्न नसकिएको अध्यक्ष अंसारीको भनाई छ । स्थानीय तहले श्रोतको अवस्था अनुसार प्राथमिकता निर्धारण गरी अठोटका साथ काम गर्दा मात्र देखिने गरी विकास हुने उनको  अनुभव छ । पहिलो वर्षलाई स्वास्थ्य र रोजगारीमा केन्द्रित गर्ने आफ्नो रणनीति रहेको हुँदा सोही अनुसार काम गरिएको बताउने अध्यक्ष अंसारी स्वास्थ्य र रोजगारीमा यो वर्ष भएको कामले दीर्घकालमा आम जनताले देख्ने र अनुभुति गर्ने बताए । यस्तै  आगामी वर्षको कोशी गाउँपालीका क्षेत्रमा १५ बेडको अस्पताल,पालिकाको प्रशासनिक भवन निर्माण गर्नेदेखि स्वास्थ्य र शिक्षा क्षेत्रलाई थप व्यवस्थित गर्ने आफ्नो योजना रहेको अध्यक्ष अंसारी बताउँछन् । 

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.