लौकही । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी गाउँपालीकास्थित लौकहीमा शनिबार आयोजित गाउँ सभाको १६ औं अधिवेशन कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आगामी आर्थिक वर्षको लागि अनुमानित ५३ करोड ७४ लाख ५७ हजार ३१ रुपैयाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
कोशी गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेका निति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि संघीय सरकार वित्तीय सामानीकरणबाट १३ करोड ३ लाख, संघीय सरकार राजस्व बाड्फाडतर्फ मूल्य अभिवृद्धि करबाट रु आठ करोड ४० लाख ६० हजार ६४९ र अन्तशुल्क रु तीन करोड पाँच लाख ३९ हजार ३५१ रुपैयाँ,संघीय सरकार सशर्त संचालन अनुदान २० करोड ६१ लाख २५ हजार, संघीय सरकार विशेष अनुदान पुजिगत १ करोड ५० लाख,संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख,प्रदेश समपूरक अनुदान १ करोड ,आन्तरिक आम्दानी १ करोड ५० लाख लगायतबाट व्यवस्थापन हुने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलको प्रमुख आतिथ्य एवं जिल्ला समन्वय समिति महासंघका सभापति राजन मेहता,इनरुवा नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी,कोशी उपाध्यक्ष अनितादेवी यादव,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,प्रत्येक वडाका जनप्रतिनिधिहरु, सरोकारवाला,सुरक्षाकर्मी,संचारकर्मी लगायतको बाक्लो उपस्थितिमा अध्यक्ष ऐयुब अन्सारीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष अन्सारीले आगामी वर्षका लागि कोशी गाउँपालीकाले कृषि,शिक्षा,स्वास्थ्य तथा रोजगार लाई मुख्य प्राथमिकता राखेको बताए । आफू २०७४ सालमा पहिलोपटक निर्वाचित भएदेखि दोस्रो कार्यकालको दुई वर्षसम्म मुख्य गरी पूर्वाधार विकासलाई बढी प्राथमिकतामा राखेर काम गरेकोमा हरेक वडा वडामा पक्की बाटो पुर्याउन सफल भएको उनको भनाइ छ । अब भने शिक्षा,स्वास्थ्य,कृषि र रोजगारका क्षेत्रलाई बढी प्राथमिकता राखेर काम गर्ने हिसाबले निति तथा कार्यक्रम प्रस्तुत गरेको बताउदै अध्यक्ष अन्सारीले संघीय सरकारले आफूहरूले अपेक्षा गरेअनुसार बजेट उपलब्ध गराइदिएको अवस्थामा निति तथा कार्यक्रम कार्यान्वयन गर्न केही सहज हुने बताउँछन् । कोशी अध्यक्षमा ऐयुब अन्सारी निर्वाचित भएपछि चौतर्फी विकास निर्माणकार्यले गति लिएपछि सर्वसाधारण जनता लाभान्वित भएको भन्दै कार्यक्रमका वक्ताहरु प्रशंसा गरेका थिए । उक्त कार्यक्रम कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले संचालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष अनितादेवी यादवले दिएकी थिइन् ।
सोही कार्यक्रममा सबैभन्दा बढी राजस्व संकलन गर्ने कोशी गाउँपालीका वडा नम्बर १,३ र ७ नम्बर वडा कार्यालयलाई नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट काम गर्ने प्रशासन शाखा प्रमुख विनोद मिश्र र लेखा अधिकृत सुरप्रसाद दंगाललाई समेत नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
सुनसरीमा पुनः बढ्यो सेटिङ्गमा तस्करी
मिकाइल आलम इनरुवा । केही महिना अगाडि सम्म रोकिएको तस्करी सुनसरीको विभिन्न सीमा नाका हुँदै पुनः बढेको सूचना प्राप्त भएको...