कोशी । कोशी गाउँपालीकाले आयोजना गरेको सार्वजनिकसुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार कोशी गाउँपालीकाको आयोजना एवं कोशी टप्पु राष्ट्रिय साप्ताहिक पत्रीकाको सहजीकरणमा वडा नम्बर ३ स्थित जमुवामा पारदर्शिताको लागि भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।
कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा आयोजित सो सार्वजनिक सुनुवाइकार्यक्रममा कोशी गाउँपालीकाबाट आर्थिक वर्ष २०८०/०८१ मा भएका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउदै गाउँपालीकाको कार्यालयले पारदर्शीता, जवाफदेहीता तथा सुशासनका लागि उल्लेख्य मात्रा सर्वसाधारणसंगै सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालीकाको कार्यालयबाट संचालन भएका भौतिक पुर्वाधार, समाजिक विकास, शिक्षा, स्वास्थ्य,कृषि सहितका योजनाहरुको बारेमा जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरुले बाटोघाटो,स्वास्थ्य तथा शिक्षा क्षेत्रमा थप सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासा्हरुको बारेमा गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जवाफ दिएका थिए । सोही क्रममा उनले आफू सबैको जनप्रतिनिधि भएको हिसाबले सोहीअनुसार विकास निर्माणकार्यदेखि अन्य सामाजिक विकास एवं सुधारको काममा लागिपरेको अवगत गराए ।
गाउँपालीका बाट भएका गतिविधिको बारेमा गुनासो र जिज्ञासा् सुन्नकै आफूले सार्वजनिक ठाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको हुनाले त्यसमा कर्मचारी वा जनप्रतिनिधिले कहिँकतै कमिकमजोरी गरेको भएमा आफूलाई जानकारी गराउन अध्यक्ष अन्सारीले आह्वान गरेका थिए । सर्वसाधारण,राजनीतिक दल वा अन्य सम्बन्ध सरोकारवालाबाट कहिँकतै कमिकमजोरी भएको बारेमा सूचना प्राप्त भएको अवस्थामा त्यस्ता कमजोरी सच्चाएर आगामी वर्षका लागि योजना छनोट गरी आवश्यकताका आधारमा सबैलाई समेट्ने गरी योजना प्राथमिकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
कोशी टप्पु संरक्षणमा समुदायका युवा सक्रिय
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका साथै समुदायको हक हितका लागि सो क्षेत्रका युवाहरुले समुदायमा आधारित क्लब मार्फत काम गर्न...