ईस्लामी संघ नेपालले असार ११ गतेदेखि १६ गतेसम्म गरिरहेको मदिरा तथा लागूऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रमा पनि बिहिबार जनचेतनामूलक र्याली निकालिएको छ ।

खासगरी सीमावर्ती क्षेत्रमा बढी मात्रामा देखापरेको लागूऔषध समस्या बारे जानकारी गराउने उद्देश्यले र्याली निकालिएको बताइएपनि चर्को घाममा कुनै अभियानको नाममा साना बालबालिकाहरुलाई दुख दिइएको अभिभावकहरुले गुनासो गरेका छन । समन्वय र ईस्लामी संघ नेपालको आयोजनामा उक्त कार्यक्रम कोशी गाउँपालीकाको कार्यालायले बिदा दिएको समयमा गरिएको पाइएको हुँदा आफूहरु आवश्यक कारबाही लागि प्रक्रिया अगाडि बढाइएको कोशी गाउँपालीका शिक्षा शाखा प्रमुख बेदराज अधिकारीले बताए ।

आफूहरु संग कुनै प्रकारको समन्वय /सहकार्य नगरी पढ्ने उमेरका बालबाबिकाहरुलाई चर्को घाममा नगर परिक्रमा गराउनु बाल अधिकार विरुद्धको कुरा भएको हुनाले सोहि अनुसार कारबाही गरिने उनको भनाइ छ । यस्ता कार्यक्रम कोशी क्षेत्रमा हामीले निरन्तर गर्दै आएका पनि छौं उनले भने तर, हरेक कुरा गर्ने समय हुन्छ । झन पानी परेर यस्तो चर्को घाम लागेको बेला हामीले विद्यार्थीको स्वास्थ्य लाई ध्यानमा राखेर बिदा दिएको समयमा यस्तो कार्यक्रममा किन गर्नु पर्यो शिक्षा शाखा प्रमुख अधिकारीले प्रश्न गरे । कोशी गाउँपालीकाले बनाएको शिक्षा नितिको पालन नगर्ने मनोमानी गर्ने जुनसुकै बिद्यालयलाई कारबाही गरिने उनको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








