ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

स्याउ तस्करी काण्डः कहाँ पुग्यो अनुसन्धान ?

के गर्दैछ छानबिन टोली ?

आवर कोशी by आवर कोशी
असार ६, २०७८
स्याउ तस्करी काण्ड : प्रहरीमाथि प्रश्नैप्रश्न
49
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

भण्टाबारी। सिल रहेको नाकाबाट तीनवटा नेपाली नम्बर प्लेटको गाडीमा तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउ भारतीय प्रहरीले बरामद गरेपछि सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि गम्भीर प्रश्न उठेको छ ।

१ हजार ३ सय ५० कार्टुन चाइनिज स्याउ बोकेर तीनवटा नेपाली गाडी सजिलैसँग भारतीय भूमिसम्म  पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि प्रश्न उठेको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारतबीच रहेको खुल्ला सीमानाका सिल रहेको अवस्थामा स्याउ तस्करी हुनुले गम्भीर प्रश्न उब्जाएको हो । यस्तो विषम परिस्थितिमा ज्यानको परवाह नगरी सीमामा तैनाथ सयौं सुरक्षाकर्मीको मनोबल घटाएको सुरक्षा स्रोत बताउँछ ।

छोटो समयमा तराईका सीमावर्ती क्षेत्रमा चोरीपैठारी जस्ता गतिविधि गरी अकुत सम्पत्ति आर्जन गर्न सकिने भन्दै सङ्गठनका योग्य र क्षमतावान प्रहरी अधिकारीलाई भन्दा राजनीतिक पहुँचका भरमा पठाइने गरेका आरोपसमेत लागेको छ ।

के गर्दैछ छानबिन टोली ?

साताअघि भारतीय प्रहरीले तीनवटा नेपाली नम्बरको गाडीबाट भारी परिमाणमा चाइनिज स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली बनाएको छ ।

सिल नाकाबाट भारतीय भूमिमा तीनवटा ट्रकमा लोड गरेर चाइनिज स्याउ तस्करी गरी पु¥याइएपछि सर्वत्र चर्चाको विषय बनेको पछिल्लो घटनाबारे एसएसपी नेतृत्वमा दुवै सङ्गठनले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सङ्घीय प्रहरी इकाई कार्यालयका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ । गठित छानबिन टोलीमा एकजना डिएसपी, इन्स्पेक्टर, सइलगायत छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो । १ हजार ३ सय ५० कार्टुन बोकेर तीनवटा नेपाली नम्बर प्लेटको ट्रक भारतीय भूमिमा कुन नाकाबाट छिराइयो भन्ने बारेअझै स्पष्ट नभएको छानबिन टोलीका संयोजक तथा नेपाल प्रहरीका एसएसपी राजेन्द्रप्रसाद चौधरीले बताए ।

चाइनिज स्याउ कसरी कुन नाकाबाट छिराइयो भन्ने स्पष्ट हुन नसकेको दाबी गर्दै उनले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘ट्रकमा स्याउ कुन नाकाहुँदै भारतीय भूमिसम्म पु¥याइयो भन्ने स्पष्ट भइसकेको छैन’ एसएसपी चौधरीले भने, ‘केही दिनमै सबै कुरा सार्वजनिक गर्छौं ।’ छानबिन टोलीलाई एक हप्ताको समय दिएकोमा अनुसन्धान लम्बिन सक्ने बताउँदै उनले भने, ‘अहिले कल डिटेल लिने काम भइरहेको छ । हामीले पाएको समय अवधिमा प्रतिवेदन बुझाउन नसकेको अवस्थामा केही दिन थपिन सक्छ ।’

घटनामा उच्चपदस्थ सुरक्षा अधिकृतको संलग्नता बारे जिज्ञासा राख्दा एसएसपी चौधरीले छानबिन भइरहेकोले क–कसको संलग्नता छ वा छैन भन्नेबारे तत्कालै केही भन्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको छानबिन टोलीले ड्युटी खटिएका सुरक्षाकर्मीका साथै कोशी क्षेत्रका वडाध्यक्षहरू र केही स्थानीयसँग समेत छुट्टाछुट्टै बयान लिएको छ ।

स्रोतका अनुसार कोशी गाउँपालिका–७ स्थित हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट वीरपुरसम्म स्याउ पु¥याइएको हो । तर, यसबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनुसन्धान भइरहेको बताउँदै कुन नाकाबाट स्याउ बोकेको ट्रक छिराइयो भन्नेबारे अनुसन्धानपश्चात् मात्र केही भन्न सकिने बताउने गरेका छन् ।

भारतमा तीनवटा नेपाली नम्बर प्लेटका गाडीबाट ठूलो परिमाणमा स्याउ बरामद भएपछि सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीसहितको टोलीलाई फिर्ता बोलाउनु र सीमा प्रहरी चौकी भण्टाबारीका इञ्चार्ज सइ गङ्गा थापालाई निलम्बनका लागि प्रदेश प्रहरीले केन्द्रमा सिफारिससँगै भण्टाबारी मातहत नै रहेका अस्थायी प्रहरी चौकी श्रीपुरका इञ्चार्ज असइ टेकबहादुर कार्की र कोशी कटान प्रहरीका असइ आशनारायण माझीलाई निलम्बन गरिनुले लाही नाकाबाटै तीनवटा ट्रकमा स्याउ तस्करी गराइएको अनुमान गरिएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.