लौकही । कोशी गाउँपालीकाले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति सुनसरीको टोली गाउँमा पुगेको छ । जिल्लाका हरेक स्थानीय तहमा संचालित विकासे योजनाहरुको स्थलगत अनुगमन गर्ने क्रम अन्तर्गत शुक्रवार कोशी गाउँपालीकाले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गरिएको जिल्ला समन्वय समिति सुनसरीका राजन मेहताले जानकारी दिए ।
उनका अनुसार प्राविधिक टोलीका साथै कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल , जिल्ला समन्वय समिति सुनसरीकी उपप्रमुख कमला दाहाल, कोशी अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव , प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतको टोलीलाई संगै लिई अनुगमन गरिएको हो ।
कोशी गाउँपालीकाले सञ्चालन गरिरहेका विकासे योजना अन्तर्गत जिल्ला समन्वय टोलीले कोशी ५ मा संचालित प्रसुती गृह, कोशी ८ मा निर्माणधीन बिधालायको भौतिक पूर्वाधार लगायत हरेक वडामा संचालित मुख्य गरी शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको अनुगमन गरिएको कोशीका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।
कोशी गाउँपालीकाले सञ्चालन गरिरहेका विकासे योजनाका कामहरु गुणस्तरीय र प्रभावकारी भएको पाइएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जानकारी दिए । समन्वय समितिका प्रमुख मेहताले हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताए।