सुनसरी । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विश्वासको मत नपाएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा सुनसरीबाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ । सुनसरी क्षेत्र नम्बर ४ बाट लगातार दोस्रोपटक निर्वाचित भएका सांसद कार्की नेपाली कांग्रेस र नेकपा एमाले बीच गत असार १७ गते राति भएको गठबन्धन गराउन पर्दा पछाडि बसेर निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । त्यसैले ओली नेतृत्वको सरकारमा कार्की मन्त्री बन्ने सम्भावना पक्कापक्की जस्तै भएपनि कुन मन्त्रालय भन्ने टुंगो लाग्न बाँकी रहेको विशेष श्रोतले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका उनी पार्टीको केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री समेत हुन ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








