तजमुल हुसेन
नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा ३० ओं विश्व आदिवासी दिवस मनाइएको छ । महासंघकाे आयोजनामा दिवसको अवसरमा कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा सम्पन्न गरेको छ ।

कार्यक्रम महासंघको अध्यक्ष ममता कुमारी उराँवकाे अध्यक्षता तथा हाजि इसराईल मन्सुरी प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।

कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले आदिवासी देशको सान, पहिचान भएकोले यस जातिको संरक्षण र प्रवर्धनमा जोड दिनुभयो । आदिवासी , जनजाति लगायपिछडा वर्ग र समुदायको हितको लागि निरन्तर खबरदारी गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ ।

कार्यक्रममा विशिस्ट अतिथि नेपाली काङ्ग्रेस सुनसरी जिल्ला संगठनका सदस्य एवं सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहता ,नेपाल मुस्लिम संघ सुनसरी जिल्लाका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी,अतिथ जसपा नेपालका भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादव,नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष हेमनारायण मण्डल,नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता,६ नम्बरका वडा सभापति जमालुद्दिन मन्सुरी ,विरेन उराँव,ब्रहमदेव उराँव,६ नम्बर वडा अध्यक्ष सराजुद्दिन अन्सारी,सन्जित उराँव,देवनारायण उराँव लगायतका सहभागी थियो । कार्यक्रममा उराँव झाकी तथा नृत्य प्रस्तुत गरेको महासंघले जनाएको छ ।










