इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा निकालिएको राधाकृष्ण रथयात्रामा नेपाल मुस्लिम संघले श्रद्धालुभक्तजनहरुको पानी खुवाएर स्वागत गरेको छ । कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी,उपसभापति वहाब अन्सारी,सचिव हजरत हुसेन लगायतको उपस्थितिमा नेपाल मुस्लिम समाज इनरुवाका नईम अन्सारीको नेतृत्वमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलबार निकालिएको रथयात्रामा सहभागी भएका श्रद्धालुभक्तजनहरुको लागि स्वागत कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न जातजातिको तथा भाषाभाषी रहेको नेपाली समाजमा रहिआएको सदियौंदेखि एकता र भाइचाराको संदेश दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिनु स्वागतयोग्य भएको कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीले बताउनुभयो ।

मन्दिर- महेन्द्रचाेक-सरकारी वकिल कार्यालय हुँदै मालपोत- सखुवागाछी-गुरूङ टाेल-अदालत राेड हुँदै साेमबारे हाटबाट कृषि बिकास राेड निस्केर बजार हुँदै इनार चाेक भएर रामजी भवन- सीबी सिनेमा हुँदै भगवती राेड – बसपार्क भएर पूनः महेन्द्रचाेक राधाकृष्ण मन्दिरमा आएर इनरुवाको रथयात्रा शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








