भोक्राहा । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीका कार्य समितिले बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ् । सोमबार बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा

वृक्षारोपण कार्यक्रम आयोजना गरी मनाइएको नेपाली कांग्रेस भोक्राहा नरसिंहले जनाएको छ । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिले भोक्राहा नरसिंह -४ जामिया मदर्शा छेउको इदगाह फिल्डमा वृक्षारोपण गरेको हो । उक्त कार्यक्रममा २०० विभिन्न उन्नत जातका बिरुवा रोपिएको जनाइएको छ ।

सो वृक्षारोपण कार्यक्रम नेपाली कांग्रेस भोक्राहा नरसिंहका उपसभापति मुस्तक मियाँको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी , नेपाली कांग्रेस सुनसरी क्षेत्र न. ४ का सहकारी विभाग प्रमुख राजेन्द्रप्रसाद मेहता , नेपाली कांग्रेस भोक्राहा नरसिंहका सचीव कृपाराम मेहता ,सहसचिव तथा नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन , भोक्राहा नरसिंह ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी , नेपाली कांग्रेस भोक्राहा नरसिंह ६ का सभापति जमालुद्दिन मन्सुरी , स्थानीय नेता मिथलेश यादव ,रामेश्वर खत्वे , सुनिल कुमार साह , धर्मनाथ भगत , श्यामदेव मेहता लगायतको उपस्थिति रहेको थियो ।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








