लौकही । नेपाली कांग्रेस कोशी गाउँपालीका कार्य समितिले बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ् ।
सोमबार बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा कोशी प्रदेशसभा सदस्य सदानन्द प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम आयोजना गरी मनाइएको नेपाली कांग्रेस कोशी गाउँपालीकाले जनाएको छ । नेपाली कांग्रेस कोशी गाउँ कार्यसमितिले कोशी गाउँपालीका -३ स्थित राष्ट्रिय मावि शोभनपुरमा वृक्षारोपण गरेको हो । उक्त कार्यक्रममा १५० वटा विभिन्न उन्नत जातका बिरुवा रोपिएको जनाइएको छ ।
सो वृक्षारोपण कार्यक्रम नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरीको सभापतित्व तथा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डलको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर ४ की सभापति तथा कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव, गंगा यादव,राष्ट्रिय मावि शोभनपुर बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समशुल मन्सुरी,प्रअ हरेकृष्ण राउत,नेपाली कांग्रेस कोशी गाउँपालीका उपसभापति धर्मेन्द्र विश्वास, नेपाली कांग्रेस कोशी गाउँपालीका ४ का सभापति तजमुल हुसेन, ३ का सभापति सदरुल मन्सुरी, ७ का सभापति मोहन झा,देवकान्त मेहता,राजकुमार शर्मा,हाजी प्रवेज लगायतको उपस्थिति रहेको थियो ।