लौकही । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ् । सोमबार बीपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समितीले कोशी गाउँपालीका १ स्थित लौकहीमा दीप गरी मनाएको हो ।

उक्त कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, नेपाली कांग्रेका नेता जमिल अख्तर आजाद, नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर ४ की सभापति तथा कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव, नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल साह, नेपाल मुस्लिम संघ सुनसरी सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी, गंगा यादव,नेपाली कांग्रेस कोशी गाउँपालीका उपसभापति धर्मेन्द्र विश्वास, सचिव ध्यानी उराँव , नेपाली कांग्रेस कोशी गाउँपालीका ३ का सभापति सदरुल मन्सुरी, नेपाली कांग्रेस सुनसरी क्षेत्र न ४ सचिव जुगेश्वर यादव ,ममता उराँव लगायतको उपस्थिति रहेको थियो ।







इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








