मिकाइल आलम
लौकही । कोशी गाउँपालीकामा विद्यार्थीको लागि समुदायमा आधारित Volunteer rescuer disaster responses तालीम सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल न: १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना र कोशी गाउँपालीकाको कार्यालयको सह आयोजनामा तीनदिने सो तालीममा मंगलवार बाट सुरु भएको हो ।
तालीममा सहभागी भएका कोशी गाउँपालीका क्षेत्रका विभिन्न ८ ओटा मावि का ५० जना विद्यार्थीहरुलाई समुदायमा आधारित Volunteer rescuer disaster responses तालीम मार्फत भोलिको दिनमा आउन सक्ने सम्भावित जोखिम लाई मध्यनजर गर्दै उद्धारकर्ता तयार पार्ने हिसाबले तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बल कोशी गाउँपालीका प्रमुख डिएसपी सन्तोष अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरीले देशैभर ५०० जना उद्धारकर्ता तयार पार्ने हिसाबले तालिम आयोजना गरिरहेकोमा कोशी प्रदेशको कोशी गाउँपालीकामा यो तालिम सुरु भएको हो । कोशी गाउँपालीका १ स्थित लौकहीमा रहेको बीपी स्मृति अध्ययन प्रतिष्ठानको सभाहल सुरु भएको समुदायमा आधारित Volunteer rescuer disaster responses तालीम सशस्त्र प्रहरी बल नेपाल न: ४ गण हेक्वा सुनसरीका प्रमुख समेन्द्र बज्राचार्यको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सुरु भएको ।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल न: ४ गण हेक्वा सुनसरीका प्रमुख समेन्द्र बज्राचार्य,कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव , प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, सशस्त्र प्रहरी बल कोशी गाउँपालीका प्रमुख डिएसपी सन्तोष अधिकारी सशस्त्र प्रहरी बल लौकहीका इन्स्पेक्टर आवेश पुन लगायतको उपस्थिति रहेको थियो भने सहभागी विद्यार्थीहरुलाई इन्स्पेक्टर टेकेन्द्र कार्की, सई रमेश बोहरा, सई रामकुमार नाखन लगायतको टोलीले तालिम दिनेछन ।