लौकही । कोशी गाउँपालीकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल झाँगड ( उराँव ) कोड्रेम सुधारा कार्य गुठियारा आ केन्द्रीय समिति कोशी गाउँपालीकाको आयोजनामा राष्ट्रिय करम सांस्कृतिक महोत्सवको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
कोशी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा आयोजित उक्त कार्यक्रम मोतिलाल उराँवको अध्यक्षता एवं कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष, कोशी गाउँपालीका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारी, नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति तथा कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, संविधान सभा सदस्य सूर्यदेव दास उराँव, सविता यादव, नुनुलाल उराँव, धर्मेन्द्र कर्ण, रामचन्द्र यादव, गंगा यादव, गोसाई यादव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम कोश गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष ध्यानी उराँवले संचालन गरेका थिए ।
। सो अवसरमा ठुलो संख्यामा उपस्थित भएका उराँवका व्यक्तिहरुले नवनियुक्त मन्त्री मण्डल बधाई दिदै आफूहरुलाई गौरव गर्ने हिसाबले काम गर्न सुझाव दिएका छन ।
कार्यक्रमका वक्ताहरु आदिवासी जनजातिको प्रतिनिधित्व हुनेगरी सुनसरी क्षेत्र नम्बर ४ क बाट निर्वाचित भएका सदानन्द मण्डललाई प्रदेश मन्त्री बनाउन गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष, कोशी गाउँपालीका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उनलाई धन्यवाद दिएका थिए । आफू सबै पक्षलाई समेटेर सामूहिक हित हुने काम गर्ने हिसाबले योजनाबद्ध तवरबाट अगाडि बढ्ने नवनियुक्त मन्त्री मण्डलले प्रतिबद्धता जनाएका छन् ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...