नेपाली कांग्रेस हरिनगर गाउँपालिका वडा नं. ५ को वडा भेलाको सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारी, विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरी, सुनसरी क्षेत्र नं. ४ का पार्टी सभापति भिखारी मण्डल, हरिनगर गाउँपालिका सभापति नुनु अन्सारी, हरिनगर गाउँपालिका वडा नं. ५ का वडा सभापति सुरेश मण्डल र पालिका क्षेत्र तथा जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसको वडा भेलामा पार्टीको गतिविधि र क्रियाकलापका बारेमा सक्रिय सदस्यहरूले आफ्ना विभिन्न समस्याहरू र सुझाव प्रस्तुत गरेका थिए।

हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिकामा पार्टीका समस्यादेखि लिएर गाउँका समस्याहरू समाधान गर्दै आइरहेको जानकारी दिए।

उनले जिल्ला समन्वय समितिले १२ वटा स्थानीय तहमध्ये LISA को मूल्याङ्कनमा हरिनगर गाउँपालिकाले दोस्रो स्थान प्राप्त गरेको कुरा पनि साझा गरे। अध्यक्ष अन्सारीले आगामी आर्थिक वर्ष २०८२/ २०८३ मा हरिनगर उच्च मावि र भुटाहा मदरसाका लागि दुईवटा विद्यालयमा बस दिने प्रतिबद्धता गरेका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








