भण्टाबारी । सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट ठुलो परिणाममा गाँजा बरामद गरिएको छ । बिशेष सूचनाको आधारमा भदौ २७ गते राति अन्दाजी २२:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट वरिष्ठ प्रहरी नायब निरीक्षक जालन्धर बराल नेतृत्वको टोलीले कोशी गाउँपालीका क्षेत्रबाट ठुलो परिणाममा गाँजा बरामद गरेको जनाइएको छ ।
कोशी गाउँपालीका वडा नं. ६ र ७ सिमाना स्थित धानबारीमा सेतो प्लाष्टिकको बोरामा गाडेर लुकाई राखेको २८(अठ्ठाइस) बोरा अवैध गाँजा फेला पारी कानून बमोजिम बरामद गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई तौल गर्दा ८४६ (आठ सय छयालिस) के.जी. गाँजा रहेको पाइएको सुनसरी प्रहरीले जनाएको छ । यसबारी आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समय सुनसरी जिल्लाको विभिन्न नाका भई गाँजा तस्करी हुने क्रम बढेको पाइएको छ ।








