सुनसरी क्षेत्र नं – ४ का सांसद पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी आइपुगेका छन्। शनिबार ५ बजे आउनु पर्ने पुर्व मन्त्री मौसमको खराबको कारणले मन्त्री ७ बजे विराटनगर विमानस्थल आइपुगेका हुन्।
सुनसरी क्षेत्र नं ४ ( क ) प्रदेश सांसद नवनियुक्त कोशी प्रदेशका बन तथा पर्यटन सदान्द मण्डल, कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रेवती रमण दुलाल, भोक्राहा नरसिंह अध्यक्ष अजमल अख्तर आजाद, नेपाली कांग्रेस कोशी सभापति सुलेमान मन्सुरी लगायतले विमानस्थलमा पुगी पूर्व अर्थमन्त्री एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई खाँदा माला सहित स्वागत गरेका थिए । लामो समयदेखि स्वास्थ्य समस्याका निर्वाचन क्षेत्रमा आउन असमर्थ रहेका कार्की यसपटक वडा वडामा पुगी जनतासंग भेटघाट गरी उनीहरुको समस्या बुझ्ने उनको सचिवालयले जनाएको छ ।