नेपाली कांग्रेस गाउँपालीका अन्तर्गत रहेका पाँच वटा वडामा ‘वडा सम्मेलन’ सम्पन्न भएको छ। नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य, सुनसरी क्षेत्र नं – ४ का सांसद पूर्व अर्थ एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार पाँच वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न भएको हो ।
कांग्रेसको रूपान्तरण अभियानलाई बल पुर्याउने उद्देश्यले एकैसाथ वडा सम्मेलन कार्यक्रमको आयोजना गरिएको हो नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले जानकारी दिए ।
सम्मेलनमा जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधी, क्षेत्र र नगरका प्रतिनिधीहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथी कार्कीले जानकारी दिए । ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो,’ उनले भने ।
अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अभियान सफल बनाउन सबैको सहयोग भइरहेको र आगामी दिनमा पनि थप सहयोगको उपेक्षा रहेको क्षेत्रीय सभापति अन्सारी बताउँछन् । सोमबार नेपाली कांग्रेस गाउँपालीका अन्तर्गत रहेको वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ५, ६ र वडा नम्बर ८ गरी पाँच वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न गरिएको हो ।
अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको कांग्रेसले यसपालि रूपान्तरणको कार्यक्रम लिएर गाउँ पसेको हो। नयाँ पार्टीहरूको उदय भएसंगै संगठन लाई थप सशक्त बनाउन कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारा सहित जनता माझ जान लागेको हो ।
सो अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारी, सुनसरी क्षेत्र नं ४ ( क ) प्रदेश सांसद नवनियुक्त कोशी प्रदेशका पर्यटन, बन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रेवती रमण दुलाल,मनोज साह,नेपाली कांग्रेस कोशी सभापति सुलेमान मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।