इटहरीस्थित यातायात ब्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालयबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात ब्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयबाट सेवाग्राही ठगेको आरोपमा उनीहरुलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ घर भई इटहरी-१३ शान्ति चौक बस्ने २४ वर्षीया सकुन राई, इटहरी-१२ खनार बस्ने २४ वर्षीया मनिका गिरी, इटहरी-९ बस्ने २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ-४ घर भई हाल इटहरी-९ बस्ने ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी-२ बस्ने १९ वर्षीय महेश राई, इटहरी-४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा-२ टंकीसिनुवारी बस्ने ३२ वर्षीय शुसिल शाह रहेका छन् ।
उदयपुर नगरपालिका-३ का २३ वर्षीय संयोग राई, इटहरी-१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी-१ बस्ने ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली-९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी-४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी-५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी-२० बस्ने युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई चालक अनुमतिपत्र बनाउने नाममा सेवाग्राहीलाई ठगी गरेको आरोपमा नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । विचौलियाको बिगबिगी रहेको गुनासो बढेपछि अनुगमन गरी त्यस्तो कार्य गरिरहेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।