कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणका साथै समुदायको हक हितका लागि सो क्षेत्रका युवाहरुले समुदायमा आधारित क्लब मार्फत काम गर्न सक्रिय भएका छन । कोशी समुदाय युवा क्लब नामक सस्थाँ गठन गरि समुदायमा आधारित युवाहरुले कोशी टप्पु क्षेत्रको बन्यजन्तु र जैविक विविधताको संरक्षणका साथै समुदायको हकहितका लागि योजना बनाएर काम गर्न अग्रसर भएका हुन ।
“तिमि अरुले गर्छ भनेर नपर्ख तिमि उठ, तिमि नै गर परिवर्तन तिमिबाट नै सुरु हुन्छ ।” भन्ने मुल नाराका साथ कोशी समुदाय युवा क्लबका अध्यक्ष जेनिथ साह नेतृत्वका युवाहरु सक्रिय भएका छन । साहले परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भन्ने उद्देश्यले समुदायमा आधारित सेवामुलक तथा सचेतनामुलक कार्यहरु गर्दै कोशी टप्पु प्रदेशकै पहिलो पर्यटनको क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने राम्रो बातावरण बनाउन विविध कार्यहरु थालिएको बताए ।
क्लबका सचिव रितेश यादवले कोशी नदिको पुर्वी तटबन्धतर्फ रहेको आरक्ष क्षेत्रसग जोडिएका समुदायका हकहित, स्वरोजगार, आयआर्जन र सचेतना अभिबृद्धीका लागि युवाहरुले विभिन्न क्षेत्रसँग हातेमातो गर्दै काम गर्न थालिएको बताए ।
क्लबकी कोषाध्यक्ष जागृती यादव बातावरण संरक्षणसगसगै बन्यजन्तु तथा जैविक विविधताको क्षेत्रमा समुदाय तहबाट संरक्षणको काम गर्न थालिएकाले कोशी समुदायमा जागरण आउनुका साथै स्थानिय साधन स्रोतको पहिचान र परिचालनमा लागिएको बताउछीन ।
क्लबका उपाध्यक्ष पंकज यादव वृक्षारोपन, बातावरण संरक्षण, पर्यटन प्रवन्ध, जैविक विविधताको संरक्षणको लगी कार्य र जनचेतना कार्यक्रममा सक्रियता रहने बताए । यसैगरि क्लबको कार्यालयको एक कार्यक्रमका बिच संचालनमा ल्याइएको छ ।
उक्त कार्यक्रममा पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्की, कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सासंद इसराइल मन्सुरी, कोशी गाउँपालिकका अध्यक्ष ऐयुव अन्सारी, वडा नं. ३ का वडाअध्यक्ष सुलेमान मन्सुरी,प्रकाशपुर वडा नं. १०का वडाअध्यक्ष तेज गुरुङ ,कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख श्रामदेव चौधरी, बिरेन्द्र गौतम, देव कृष्ण यादव, राज कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...