प्रेमकुमार साह
विकल्प एन अल्ट्रनेटिभका वाईपि फेलो द्धारा विराटनगरमा ” उद्यमशीलताको विकासमा राज्यको भुमिका ” शिर्षकमा अन्तर माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका भित्र रहेका सामुदायीक तथा निजि विद्यालयहरुको २० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाको हलमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकाका प्रमुख नागेश कोइराला र अध्यक्ष विकल्प एन अल्ट्रनेटिभका अध्यक्ष प्रा.डा. भेष प्रसाद धमला थिए । कार्यक्रम पवन काफ्लेको संयोजकत्वमा सम्पन्न भएको थियो ।

आदर्श मावि बाट सुजन खत्री , मिल्स मावि बाट प्रति कुमारी मण्डल , पोखरिया मावि बाट नम्रता रेग्मी, सत्यनारायण मावि बाट दिप्ती पोखरेल, सिदार्थ सिसु सदनबाट युभिका कार्की, शिक्षाद्विप कलेज बाट शिरिन भट्टराई , विराट क्याम्पसबाट दिपाअंजली राई, सेन्ट जोसेफ बाट रिजन मिश्र, सेन्ट मेरी स्कुल बाट ग्रिसमा निरौला, अरनिको कलेजबाट कविशा पोख्रेल, विकेविएम बाट एनिशा आचार्य, बिनु मेमोरियल कलेजबाट एन्जल श्रेष्ठ, कोबास कलेज बाट जेशिका यादव, दिल्ली पब्लिक स्कूल बाट खुशी मुण्द्रा, एभरेष्ट स्कुलबाट इशाल भट्टराई , ग्रिनल्याण्ड कलेजबाट समिक्षा दहाल, कान्तिपुर कलेजबाट वसिम उलाह, मेरिल्याण्ड कलेजबाट एलिशा खतिवडा र अर्चिड कलेजबाट सर्मिचा लुइटेलले आ-आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी जनाएका थिए ।
प्रतियोगितामा सहभागी छात्रछात्राहरूले ” उद्योमशीलताको विकासमा राज्यको भुमिका” शिर्षकमा आ-आफ्नो गहन तर्कहरू प्रस्तुत गरेका थिए । राज्यलाई प्रश्न समेत गरेका थिए । किन देशमा उद्योमशीलताको विकास भैरहेका छैन्, राज्य काहाँ चुकेका छन् र राज्यले के गर्दा उद्योमशीलताको विकास हुन्छ भनेर फरक फरक विचार व्यक्त गरेका थिए, आफ्नो वाक कला मार्फत । सहभागी प्रतियोगिहरूको प्रस्तुती र निर्णयक मण्डलको निर्णयले दिल्ली पब्लिक स्कुलको खुशी मुण्द्रा र सत्यनारायण माविको दिप्ती पोखरेलले सान्त्वना स्थान हासील गरे संगै प्रमाणपत्र, मेडल र गिफ्ट हैम्पर प्राप्त गरे ।

ग्रिनल्याण्ड कलेजका समिक्षा दहालले तेस्रो स्थान प्राप्त गरे संगै नगद रू. दस हजार , प्रमाणपत्र, ट्रफी ,मेडल र गिफ्ट हैम्पर पाए । दोस्रो शिक्षाद्विप कलेजका शिरिन भट्टराईले आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भए । दोस्रोलाई नगद रू.पन्ध्र हजार सहित प्रमाणपत्र, ट्रफी, मेडल र गिफ्ट हैम्पर प्रदान गरियो । यसैगरी वक्तृत्वकला प्रतियोगिताको प्रथम स्थान हासील गर्न सफल भए एभरेष्ट स्कुलका इशाल भट्टराई। प्रथम स्थान हासील गरे संगै भट्टराईले नगद रू. बिस हजार , प्रमाणपत्र, ट्रफी, मेडल र आकर्षक गिफ्ट हैम्पर प्राप्त गरे ।
विजेताहरू लाई नगद पुरस्कार वितरण गर्न आर्थिक सहयोग गर्ने मा ह्वाइट मून सेनेटरी प्याड, नेपाल बिजनेस कलेज र भिजि कलेज रहेका थिए । भने ह्वाइट मून सेनेटरी प्याडले सहभागी सबै छात्राहरुलाई आकर्षण गिफ्ट हैम्पर प्रदान गरेका थिए भने विजेताहरूलाई गुडलाइफ फुड ले पनि गिफ्ट हैम्पर दिएका थिए । निर्णायक मण्डलमा युवा उद्यमी मल्ल इन्टरप्राइजेज र वेकप क्याफेका संचालक अभिनायक मल्ल , के के चार्भी सप्लायर्स प्रा.ली का डाइरेक्टर प्रविन अग्रवाल र किन्डरपिलर एकेडेमीका म्यानेजिङ्ग डाइरेक्टर तथा मोरङ्ग व्यपार संघको महिला समिति संयोजक श्रुति शर्मा रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सहभागीहरूलाई शुभकामना दिनुभयो र विराटनगर महानगरपालिका सधैं युवा र उद्यमशीलताको पक्षमा रहेको बताउनुभयो । महानगरले समय समयमा युवा लक्षित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको जनकारी गराउनु भयो ।

कार्यक्रम बोल्दै कार्यक्रमको अध्यक्ष तथा विकल्प एन अल्ट्रनेटिभका अध्यक्ष समेत रहेका प्रा.डा. भेष प्रधान धमलाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमा यतिको स्पष्टता , उद्यमशीलताको ज्ञान र राज्यको भुमिका के हुन् भन्ने जानकारी हुन् गर्वको कुरा हो । देश विकासको आधारस्तम्भ युवा हो र युवाले गर्ने उद्यमशीलता हो र राज्यले यसको लागि नीति निर्माण र सहज वातावरणको सिर्जना गर्ने हो । यस्ता कार्यक्रम र प्रतियोगिताहरूले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने र उनीहरु ज्ञान प्रस्फुटन पनि हुन्छ । प्रतियोगितामा सहभागीहरू सम्पूर्ण प्रतियोगिताहरूलाई विशेष धन्यवाद र शुभकामना दिनुभयो ।
विकल्प एन अल्ट्रनेटिभका संस्थापक तथा डाइरेक्टर वसन्त अधिकारी वक्तृत्वकला प्रतियोगिताका सहभागीहरू सोचेको भन्दा राम्रो प्रस्तुति दिएकोमा खुशी व्यक्त गर्नुभयो । हामीले सोचेको र आशा गरेको भन्दा अब्बल र उत्कृष्ट प्रस्तुती दिए विद्यार्थीहरू ले, जसले गर्दा हाम्रा निर्णायक मण्डल लाई विजेता छनौट गर्न नै मुस्किल भएको थियो । यो उमेरमा युवाहरुमा उद्यमशीलता प्रतिको यो ज्ञान र सोच हुनु , भनेको युवाहरूको भविष्य उज्ज्वल छ , तर राज्यले भने उद्यमशीलतालाई अझ जोडतोडले प्रवर्द्धन गर्नु पर्छ । उद्यमशीलतालाई लक्षित गरि नीति निर्माण र त्यसको कार्यान्वयनमा अझै विशेष ध्यान दिनु पर्ने बताउनुभयो।
विकल्प एन अल्ट्रनेटिभका संस्थापक तथा डाइरेक्टर वसन्त अधिकारीले आजको कार्यक्रम भव्य र सभ्य भएकोमा कार्यक्रम संयोजक पवन लगायत सम्पुर्ण वाईपी टिमलाई धन्यवाद दिनुभयो । साथै विद्यालयहरुले विद्यार्थी पठाएर सहयोग गरेको र विभिन्न संस्था तथा कम्पनीहरूले कार्यक्रमलाई आर्थिक र भौतिक रूपमा सहयोग गरेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यवाद टक्र्याउन भयो । साथै थप आगामी दिनहरुमा विकल्प एन अल्ट्रनेटिभले यस्तै युवा र उद्यमशीलता सँग सम्बन्धित अरू नयाँ कार्यक्रमहरू पनि आयोजना गर्ने बताउनु भयो । प्रतियोगितामा सहभागीहरू तथा विजेताहरुलाई उज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो ।







