नेपाली कांग्रेसको भातृ संगठन संस्था नेपाल मुस्लिम संघ कोशी प्रदेशको सभापतिमा इस्राइल मन्सुरी पुन जिम्मेवारी पाएका छन ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनले सुनसरी क्षेत्र नम्बर ४ प्रदेश ख बाट निर्वाचीत कोशी प्रदेश सभा सदस्य समेत रहेका मंसुरीको नेतृत्वमा शनिवार कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नेपाली काँग्रेस सुनसरीको पार्टी कार्यालय इनरुवामा भएको दोस्रो महाधिवेशनबाट मंसुरीको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कूल ३५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी ११ जना मनोनीत गरिनेछ ।

मुस्लिम संघकोशी प्रदेशको उपसभापतिमा मो. महताब आलम, मो. बसिर मियाँ सचिवमा नईम अन्सारी, हारुन रसिद सहसचिवमा सलामुद्दीन अन्सारी कोषाध्यक्षमा आविद अलि अन्सारी निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा जावेद इकबाल, इस्राफिल शैख, अब्दुल मोजिब, मुबारक मियाँ, मो. हुसेन, सजान मियाँ, गुलजार आलम, जोहरा खातुन, मो. इलियास, एजाज अहमद अन्सारी, गुफरान अलि, जिन्नत अलि मो. अख्तर रेजा, अब्दुल खान, मो. मोफिद बैग, तौेबाब अन्सारी निर्वाचित भएका छन् ।

कोशी प्रदेशको १४ जिल्ला मध्ये ८ जिल्लामा संगठन रहेको मुस्लिम संघमा ८ जिल्लाका झण्डै ३०० प्रतिनिधिको सहभागिता थियो । नवनिर्वाचित सभापति मंसुरीले राजनीतिक तहमा मुस्लिमको प्रतिनिधित्व गराउन आफ्नो कार्यकालले पहल गर्ने बताए । उनले आफ्नो कार्यकालमा मुस्लिम संघलाई ८ वटै जिल्लामा विस्तार गरेर पार्टीलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








